गीतमा कमाउने केटाको चर्चा

काठमाडौं । गायक सुनिल कटुवाल र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘केटो अलि कमाउने होस्’ सार्वजनिक गरिएको छ । दिग्गज धौरालीले लेखेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।  सार्वजनिक गीतको भिडियोमा मोडल सुधिर श्रेष्ठ र श्रेया सिटौला तथा अजय मगर र अस्मिता अधिकारीको अभिनय छ । विधान कार्कीले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् । गायक सुनिलले गीतबाट आफूले निकै ठुलो आशा लिएको सुनाए । उनले दर्शक स्रोताले यसअघिका गीतजस्तै यस गीतलाई पनि मनपराउनेमा आशावादी रहेको बताए । गायक सुनिलले गाएका गीतमध्ये ‘कपुरी क’, ‘ताराबाजी लैलै’ लगायतका गीत निकै लोकप्रिय छन् ।

प्रतिक्रिया