प्रभुु क्यापिटलको विन्टर अफर

काठमाडौं । नेपाली पुँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले केही समयअघि सञ्चालन गरेको तीनवर्षे फ्रि डिम्याट खाता योजनामा ग्राहकको सहभागितालाई मध्यनजर गर्दै विन्टर अफर ल्याएको छ । यो अफर अन्तर्गत यो वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइनबाटै बैंकको सम्पूर्ण शाखा तथा क्यापिटलको कार्यालय सम्पर्क गरी डिम्याट खाता खोल्न चाहने ग्राहकका लागि २४ मंसिर देखि पुस मसान्त खाता खोल्दा एक वर्षका लागि फ्री डिम्याट खाता योजना ल्याएको हो । यस योजनाअन्तर्गत खाता खोल्न चाहने ग्राहकको लागि क्यापिटलले निःशुल्क डिम्याट खाता र मेरो सेयर अनलाइन सेवा प्रदान गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया