कालीकोट । महामारीको रुपमा रहेको कोरोना भाइरस कोभिड १९ का कारण कालिकोटका विद्यालयमा पढाइमा समस्या देखिएको छ । विद्यालय शैक्षिक क्षेत्र भने दिनप्रतिदिन फितलो देखिएको छ । कोरोना सङ्क्रमणले गर्दा जिल्लाको शैक्षिक सत्र नै प्रभावित भएको छ । गत चैतवाट वन्द शैक्षिक संस्था मंसिर सम्म वन्द हुदा एक शैक्षिक सत्रमै असर परेको शैक्षिक सरोकारवालाहरुको भनाई रहेको छ । शिक्षा बिकास तथा समन्वय इकाई कालीकोटका प्रमुख महेश देवकोटाले कोरोनका कारणले बिद्यालय वन्द हुदा नेपाल भरी वलात्कार तथा दुरब्यवहारका घटनामा पनि बृद्धी आएको बताए ।
प्रमुख देवकोटाले शिक्षाको क्षेत्रमा ४५ मिनेटको बिषय छुट्दा त शैक्षिक क्षेत्रमा ठुलो असर परेको समिक्षा हुने गरेको स्मरण गदै पछिल्लो समय नौ महिनाको वन्दावन्दीले शैक्षिक सत्रको उपलब्धी एक वर्ष पछि परेको बताएका हुन । अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसर कोभिड १९ ले शिक्षामा पारेको प्रभावका वारेमा आयोजित अन्तरक्रियामा वोल्दै प्रमुख देवकोटाले कालीकोटका अधिकांश बिद्यालय क्वारेन्टाईन वनाउदा बिद्यालयका भौतिक संरचनामा समेत क्षति पुगेको हुँदा बिद्यालय खुले पनि बिद्यार्थीलाई सहज नभएको बताए । उनले भने, ‘बिद्यालयका भौतिक संरचना आपुर्तिका लागि शिक्षा मन्त्रालय र बिभागमा माग छु ।’
खाँडाचक्र नगरपालिका उपप्रमुख बिजया बिष्टले ठाउँको अभावले बिद्यालयलाई क्वारेन्टाईन वनाउदा बिद्यार्थीमा मानसिक असर परेको स्वीकार गरिन् । विष्टका अनुसार केही बिद्यालयमा मनोसमाजिक सहजकर्ता खटाउनु पर्ने अवस्था आएको भन्दै पछिल्लो समय आवस्यक समाधानी अपनाएर हप्तामा छ दिन बिद्यालयमा पुरै पढाई सञ्चालन गर्न नगरभरीका ३८ बिद्यालयका प्रधानाध्यापकलाई निर्देशन गरेको बताईन् । साथै विष्टले अर्को प्रशंगमा वोल्दै मानव अधिकारको रक्षा र छिटो न्याय दिनका लागि जनशक्तीकै अभाव भएको बताएकी छन् ।
कोरोनाका कारण बिद्यालय वन्द भए । तर गाउँमा छोरा जन्मीदा खेलिने छैटी र राजनितिक दलका कार्यक्रम भने नरोकिएको धेरैले गुनासो गरेका छन । शिक्षा बिकास तथा समन्वय इकाई कालीकोट र शिक्षाका लागि राष्ट्यि अभियानले सयुक्तरुपमा आयोजना गरेको अन्तरक्रियामा वोल्दै शैक्षिक अभियान्ता पदमवहादुर मल्लले गाउँमा दलका भेला देखि देवि देवताका मन्दीरमा हजारौँको जात्रा लगाउन हुने तर बिद्यालय खोल्न नहुने भन्ने भनाई पनि कुनै पनि तहका सरकारको भनाई न्यायसंगत नभएको बताए ।
उनले भने कोरोना बिद्यालयमा पढ्न आएका बिद्यार्थीवाट मात्र सर्छकी भन्दै प्रश्न समेत गरे । आफुले गत भदौवाट नै आफ्नो बिद्यालयमा पढाई सुचारु गरेको तर अहिले सम्म कुनै पनि कोरोना सङ्क्रमण नभएको मल्लले बताएका हुन । पत्रकारमहासंघ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेले वन्दावन्दीका वेला पनि शिक्षाका लागि राष्टि«य अभियान, किर्डाक नेपाल र शिक्षा बिकास तथा समन्वय इकाईले कोरोना जोखिमका बिचमा वैकल्पिक शिक्षा सञ्चालनका लागि रणनीति तयार गरेको बताएका छन् । उनले वजेट अभावका कारणले जिल्ला भरी लागु गर्न नसकेपनि केही स्थानीय तहमा वैकल्पीक शिक्षाको माध्यमवाट कक्षा सञ्चालन गरेको पनी बताए ।
पत्रकार महासंघका प्रदेश सदस्य बिस्नप्रसाद न्यौपानेले बिद्यालयलाई राजनितिक गर्ने अड्डा वनाउने गरेको बताएका छन् । तर विद्यालय सुधार प्रति भने कसैको चासो भने गएको देखिदैन । पछिल्लो समय कोरोना भाइरस संक्रमणको डर धेरै भए पनि कालिकोटमा बलात्कारका घटनाहरुमा बृद्धि भएको एक तथ्यांकमा छ ।
कालिकाेट
प्रतिक्रिया