‘रेड वाइन’ मा पुष्प र साम्राज्ञी

काठमाडौं । रमेश एमके पौडेलले निर्माणमा बन्न लागेको चलचित्र ‘रेड वाइन’ मा अभिनेता फेरिएका छन् । चलचित्र निर्माण घोषणाका बेला अभिनेता पल शाहले काम गर्ने जनाइएको थियो । छायांकनको तयारीका क्रममा निर्माण पक्षले चलचित्रमा अभिनेता पलको ठाउँमा अर्का अभिनेता पुष्प खड्कालाई भित्र्याएको हो ।

चलचित्रमा पुष्प र साम्राज्ञीको मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ । यो जोडीले यसअघि ‘मारुनी’ मा सँगै काम गरेका थिए । आन्तरिक कारण अभिनेता पलको स्थानमा अर्का अभिनेता पुष्पलाई भित्र्याएको निर्माण पक्षले जिकिर गरेको छ । प्रेमकथामा बन्न लागेको यो चलचित्रको निर्देशन निर्माता रमेशले नै गर्दैछन् । चलचित्र आर्यन फिल्मस् प्रोडक्सन प्रालि र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रको पटकथा र संवाद सविर श्रेष्ठले तयार पारेका हुन् । आन्तरिक तयारी पूरा भएपछि छिट्टै चलचित्रको छायांकन निस्कने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया