खेल-खेलाडी

स्टेफनीले रचिन् इतिहास

सौर्य अनलाइन २०७७ मंसिर १८ गते २१:५८ मा प्रकाशित

पेरिस । फ्रेन्च रेफ्री स्टेफनी फ्रापार्टले बुधबार यूईएफए च्याम्पियन्स लिगको खेलमा रेफ्रीको भूमिका निभाउँदै नयाँ इतिहास रचेकी छिन् । पुरुष खेलाडीहरुको यस प्रतियोगितामा रेफ्रीको भूमिका निभाउने उनी पहिलो महिला रेफ्री हुन् ।
३६ वर्षीया रेफ्रीले समूह जी अन्तरगत युभेन्टस र डाइनामो किएभविरुद्धको खेलको नेतृत्व गरेकी थिइन् । खेलमा युभेन्टसले ३–० को जीत हासिल गरेको थियो ।

स्टेफनीले शीर्ष तहको पुरुष खेलको नेतृत्व लिएको यो पहिलो पटक भने होइन । यसअघि उनले लिभरपुल र चल्सीबीच सन् २०१९ को सेप्टेम्बरमा भएको यूईएफए सुपरकपको खेल पनि खेलाएकी थिइन् । त्यसको एक महिनाअघि उनले अमेरिका र नेदरल्याण्डबीच महिला विश्वकप फुटबलको फाइनल खेल अफिसिएट गरेकी थिइन् ।गत वर्षको अप्रिलमा उनले फ्रेन्च लिग वानको खेल पनि खेलाएकी थिइन् भने अक्टोबरमा लेस्टर सिटी र जोर्या लुहान्सकबीचको खेलमा रेफ्री बनेकी थिइन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय