रामग्राममा एनएमबि बैंक

काठमाडौं । एनएमबि बैंकले नवलपरासीको रामग्राम सुनवल–परासी रोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । रामग्राम परासी शाखा बैंकको १७५औं शाखा हो । परासी क्षेत्रका उद्योगी, ब्यावासायी, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा बैंकको लुम्बिनी प्रदेशका प्रमुख मोहन केसीले शाखाको उदघाटन गरेका हुन ।

भर्चुअल सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले तिव्र औद्योगिककरण र ब्यावसायीकरण तर्फ उन्मुख रामग्राम परासी क्षेत्रमा सरल, सहज र छिटोछरितो बित्तिय सेवा प्रदान गरिने बताए । लुम्बिनी प्रदेशको २९ औँ शाखाको रुपमा शुभारम्भ गरिएको बैकको लुम्बिनी प्रदेश प्रमुख मोहन केसीले बताए ।

एनएमबि बैंक रामग्राम परासी शाखा प्रबन्धक अर्जुन ज्ञवालीले स्थानीय जनता माझ उनिहरुका बित्तीय आवश्यकतालाइ ध्यानमा राखी बचत, कर्जाका सेवाहरु एवं आधुनिक डिजिटल बैकिग सेवा प्रदान गर्न सदैव तत्पर रहने बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया