उर्मिला शिवसेना प्रवेश

मुम्बई । बलिउड अभिनेत्री उर्मिला मातोण्डकर शिवसेना पार्टीमा प्रवेश गरेकी छन् । गतवर्ष कांग्रेस पार्टी छाडेकी उनले शिवसेना पार्टीमा प्रवेश गरेसँगै अभिनेत्री कंगना रनौटलाई अनावश्यक महत्व दिइएको जिकिर गरेकी छन् । बिजेपी र शिवसेनाको बीचमा वाकयुद्ध चलिरहेका बेला कंगनाले मुम्बईलाई पाकिस्तानको प्रशासित कश्मिरसँग तुलना गरेकी थिइन् । पार्टी प्रवेशसँगै अभिनेत्री उर्मिलाले भनिन्, ‘मलाई यसअद्धि पनि कंगनाको विषयमा नै धेरै प्रश्न गरिएको छ ।

मलाई लाग्छ कि उनलाई अनावश्यक महत्व दिइएको छ । मलाई लाग्दैन कि उनलाई यति ठूलो स्थान दिन आवश्यक छ ।’ ४७ वर्षीय उर्मिलाका अनुसार, उनको नाम विधान परिषद्को सदस्यका लागि पनि सिफारिस गरिएको छ । पाँच महिनामात्रै कांग्रेस पार्टीमा रहेकी उनले कांग्रेसको टिकटमा मुम्बईबाट लोकसभा चुनाव लडेकी थिइन् । शिवसेना पार्टीमा प्रवेश गर्नुको कारणबारे उनले भनिन्, ‘म शिवसेनाका अध्यक्ष उद्धव ठाकरेको नेतृत्व र उनको कामबाट प्रभावित छु । पार्टीमा प्रवेश गर्नुअघि मलाई उद्धव ठाकरेले फोन गरेका थिए ।’

प्रतिक्रिया