कुमारी बैंक र होटेल सांग्रिलाबीच सहकार्य

काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंको लाजिम्पाटस्थित होटेल सांग्रिला प्राइभेट लिमिटेडबीच विशेष छुट सम्बन्धमा सहकार्य भएको छ । सो सहकार्यपश्चात बैंकका ग्राहकवर्गले सोही होटेलअन्तर्गतका विभिन्न रेस्टुरेन्ट तथा आउटलेटमा खानपिनमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा ऊर्जा पुनर्जागरणका लागि विश्राम तथा मनोरञ्जन अत्यावश्यक रहेको र सहरिया जीवनको व्यस्तताबाट राहतका लागि सो होटेलको बसाइ लाभदायक बन्न सक्ने बैंकको विचार रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, बैंकले आफ्ना ग्राहकलाई यस सहकार्यमार्फत होटेल सांग्रिलाका विभिन्न सेवामा बैंकका डेबिट/क्रेडिट कार्डवाहकलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।

सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा होटल सांग्रिलाका तर्फबाट सेल्स तथा मार्केटिङ निर्देशक सांगे तेन्जिङलामाले हस्ताक्षर गरे । बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा सो छुटसम्बन्धी सम्झौता गरिएको हो ।

बैंकले आफ्ना देशव्यापी १ सय ८६ शाखा सञ्जाल, १ सय ३८ एटिएम, २२ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएकोे र आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया