प्लाज्मा आदानप्रदानका लागि एप्स सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले प्लाज्मा आदानप्रदानमा सहजता होस् भन्ने उद्देश्यले मंगलबारदेखि एप्स सञ्चालन गरेको छ । प्लाज्मा दाता र सम्बन्धितकर्ताबीच समन्वय गर्न तथा कोरोना सक्रमितहरूको उपचारमा सहयोग पुु¥याउन महानगरपालिकाले एप्स सञ्चालन गरेको हो ।

महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले एक कार्यक्रमका बीच एप्सको शुुभारम्भ गरे । रिर्पोट नेगेटिभ आएका कोरोना संक्रमितले एक महिनाभित्र प्लाज्मा दान गर्न सकिने जनाइएको छ । त्यसका लागि प्लाज्मा दान गर्न इच्छुुक व्यक्तिले जानकारी प्राप्त गर्न गुुगल स्टोरमा गएर प्लाज्मा वैंक विराटनगर डाउनलोड गर्नुुपर्ने हुुन्छ । त्यसबाट सवै जानकारी प्राप्त हुुने र त्यसमा व्यक्तिगत विवरण भर्नुुपर्ने हुुन्छ ।

त्यस्तै विराटनगर महानगरपालिकाको वेबसाइडमा गएर यस विषयमा जानकारी प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । एप्सको शुुभारम्भ गुर्दै महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले कोरोना संक्रमितहरूको उपचारमा सहज पुु¥याउन एप्स सञ्चालन गरिएको बताए । प्लाज्माको आवश्यकता पर्दा जो कोहीले पनि एप्सबाट सहजै जानकारी लिन सकिने भएकाले एप्सले लाभदायी हुुने भन्दै निको भएका सक्रमितलाई प्लाज्मा दान गर्नसमेत उनले आग्रह गरे । व्यक्तिले दिएको प्लाजमा दुुई महिनासम्म प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया