भोली दिउँसो पुनः बस्ने गरी आज नेकपाको सचिवालय बैठक सकियो

काठमाडौं । आज दिउँसो बालुवाटारमा १ बजे सुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । भोली (बुधबार) दिउँसो १ बजे पुनः बस्ने गरी आजको बैठक सकिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अघिल्लो बैठकमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आज छलफल भएको छ । प्रधानमन्त्री ओलीले गत मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको ५३ बुँदे प्रतिवेदन पेश गरेका थिए ।

उक्त प्रतिवेदनमाथि कार्यकारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीले मंगलबारको बैठकमा धारणा राखेका थिए । अध्यक्षद्वयसँगै सचिवालयका अन्य सदस्यले धारणा राखेका छन् ।

सो बैठकमा प्रचण्डले गत कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया