चर्चामा जेनिशा

 

काठमाडौं । नृत्यबाट चर्चा आएकी जेनिशा डंगोल महर्जन पछिल्लो समय व्यस्त कोरियोग्राफरका रुपमा परिचित छन् । काममा सधै विश्वास गर्ने भएकाले कोरियोग्राफीमा उनको विशेष लगाव रहेको छ । ‘कर्म गर्नुपर्छ फल मिल्छ’ भन्ने स्वभाव भएकी उनको समय राम्रो कोरियोग्राफ कसरी गर्ने भन्नेमा नै बित्ने गर्छ । जेनिशा पर्दा पछाडि रहेर कोरियोग्राफर गर्नेका बीचमा सफल पात्र हुन् । उनले सफलता हात पार्न यो क्षेत्रमा निकै मिहिनेत गरेको सुनाउँछिन् । उनले सिकाएर नाचिएका नाचमा धेरैले वाह ! वाह ! पाउँछन् । तर, पर्दापछि बसेर सिकाउनेहरू भने दर्शकका आँखामा परेका हुँदैनन् । उनको कर्मले देशदेखि विदेशसम्म चर्चा पाएका छन् । हिपअप आर्टिस रहेकी उनी युएस एम्मबेसी नेपाल टुर सन् २०११ देखि १५ सम्म सातवटा देशमा कोरियोग्राफी गरेकी जेनिशा नेपाल हिपअप फाउण्डेसनकी संस्थापकसमेत हुन् ।

सन् २०१५ मा फिलिपिन्समा नेपालको तर्फबाट प्रतिस्पर्धामा सहभागी भएर बिजेता भएकी उनी मेघा डान्स कम्पिटिसन २०११ को समेत बिजेता हुन् । उनले पछिल्लो दश वर्षदेखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न कार्यक्रममा कोरियोग्राफी गर्दै आएकी छन् । उनले नेपालीसँग थुप्रै विदेशीलाई समेत प्रशिक्षण दिएको सुनाइन् । सानैदेखिको रुचिले यो क्षेत्रमा आएको बताउने जेनिशाले थुप्रै म्युजिक भिडियोमा पनि काम गरेकी छन् । हिपअप अन्तर्राष्ट्रिय मेडल तथा वेस्ट डान्सरजस्ता थुप्रै उपाधि चुम्न सफल उनी देशकै काठमाडौंको टेवालमा जन्मिएकी हुन् । यो क्षेत्रमा रहेर सोचेजस्तो नाम र चर्चासँगै राम्रो आर्थिक उपार्जन गर्न सफल छन् । उनले आफ्नो कामले तारिफ बटुलिरहँदा गर्व लाग्ने बताइन् ।

दश वर्षदेखि कोरियोग्राफर क्षेत्रमा काम गर्दै आएकी उनले धेरैलाई सिकाएर गुरु पनि बनेकी छन् । आफ्नो कामको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘मैले नाम कमाउँला भनेर यो क्षेत्रमा लागेकी होइन, मेरो बाल्यकालदेखिको सौख हो कोरियोग्राफर बन्ने । मलाई सानैदेखि मलाई यो क्षेत्रले आकर्षित ग¥यो । सानोमा नृत्यमा सोख थियो, सबैले सहयोग गर्नुभयो । उहाँहरूकै प्रेरणाले यो क्षेत्रमा लागेँ, यसमा आफ्नो भविष्य राम्रो नै देखेकी छु ।’

जेनिशालाई यो यात्रामा कतिलाई सिकाए भन्नेसम्म याद छैन । तर, उनले सिकाएका धेरै विद्यार्थी अहिले प्रशिक्षक भएर उनीसँगै प्रतिस्पर्धा गर्ने भइसकेछन् । उनले भनिन्, ‘आफैँले सिकाएका विद्यार्थीले राम्रोसँग काम गर्न सकेकोमा मलाई खुसी लाग्छ, मैले सिकाएको कोरियोग्राफीले उनीहरू यो समाजमा बाँचेका छन् । त्यसमा मलाई खुसी लाग्छ ।’ उनलाई सानैमा सफल कोरियोग्राफर बनूँला भन्ने थिएन । स्कुल प्रवेश गर्दादेखि नै नृत्यमा उनको रुचि थियो । उनले यो ठाउँसम्म पुग्न निकै संघर्ष गर्नुपरेको सुनाइन् । स्कुले जीवनमा हुने गरेका धेरै नृत्य प्रतियोगितामा उनले सफलता हासिल गर्दै आइन् । उनको सफलताको क्रम अहिले पनि जारी छ । उनले भनिन्, ‘आजको यो अवस्थामा आएर सफल हुँला भन्ने मलाई लागेकै थिएन, मिहिनेतले काम गर्ने र राम्रो वातावरण पाउने हो भने सफल भइँदो रहेछ ।’ नेपालमा मात्रै सीमित नरहेर आफ्नो कला प्रस्तुति गर्न मुलुकबाहिर पनि उत्तिकै जाने गरेको बताइन् । विदेशका विभिन्न देशमा उनले आफ्नो कला प्रस्तुत गरेकी छन् । त्यस क्रममा उनले कैयौँ पटक उत्कृष्टता चुम्न सफल भएकी छन् ।

‘मेरो मुख्य पेसा नै कोरियोग्राफी हो । यसैमा मलाई सन्तुष्ट छु । यस क्षेत्रमा लाग्दा नाम र दाम कमाउँला वा यहाँसम्मको सफलता पाऊँला भन्ने लागेको थिएन । तर, मैले जहाँ जे गरेँ सफलता हुँदै आएकी छु । त्यसमा भने गर्व लाग्छ,’ उनले आफ्नो सफलताको कथा सुनाइन्, ‘विद्यालयमा हुने कार्यक्रमदेखि नै स्टेज कार्यक्रमहरूमा भाग लिन्थेँ र सधैँ पुरस्कार हात पथ्र्यो ।’ ‘आज यसैमा सफलता पाएकी छु, अहिले मलाई कोरियोग्राफरबाहेक अरू कुनै पनि काममा रुचि छैन । सायद अबका बाँकी दिन यसैमा बित्छ होला,’ उनले भनिन् ।

उनले सानैदेखि नाच्ने बानी परेको सुनाउँदै यसबीचमा धेरैलाई सिकाएको सुनाइन् । उनले भनिन्, ‘अभिनय गर्ने काम मेरो होइनजस्तो लाग्छ । त्यसमा रुचि नै भएन ।’ अभिनयतिर लाग्नुभएन भन्ने जिज्ञासामा उनले आफैँले रोजेको क्षेत्र अंगालेका कारण पनि र आफ्ना कामले चर्चा पाइँरहदा सन्तुष्ट प्राप्त भएको बताइन् । यही क्षेत्रले मान सम्मान र प्रतिष्ठा दिलाएको बताउँदै उनले भनिन्, ‘मिहिनेत गरे अवश्य सफलता हात पार्न सकिन्छ ।

प्रतिक्रिया