बाजुराका ८ स्थानीय तहमा निर्माण हुने अस्पतालको एक साथ शिलान्यास

बाजुरा । नागरिकमा सहजै रुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले देशभरका ३ सय ९६ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गर्ने सरकारको कार्य योजना अनुसार आज बाजुराका विभिन्न स्थानिय तहमा अस्पताल भवनको शिलान्यास गरिएको छ । बाजुराका ९ वटा स्थानिय तह मध्ये ८ वटा स्थानिय तहले आज एकै साँथ अस्पताल भवनको शिलान्यास गरेका हुन । बाजुराको निर्वाचन क्षेत्र (क) का चारवटा स्थानीय तह लगायत निर्वाचन क्षेत्र नं (ख) का चारवटा स्थानीय तहले आज एकै साँथ १० देखि १५ शैयाका अस्पताल भवनको शिलान्यास गरीएको हो ।

बाजुराको वुढीगंगा नगरपालिका वाहेक जिल्लाका आठ वटा स्थानीय तहका निमाणर् हुन लागेका अस्पताल भवनको शिलान्यास गरीएको बताईएको छ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं तिनको रानिशैनमा निर्माण हुन लागेको १० शैयाको अस्पतालको गाउँपालिकाका अध्यक्ष चीरन्जीवि शाहीले आज एक कार्यक्रमका विच शिलान्यास गरेका निमत्ति प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर रोकायाले जानकारी दिए । गाउँपालिकामा १० शैयाको अस्पताल निमाणर्का लागि ८५ लाख वजेट विनियोजन भैसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बहादुर रोकायाले बताए ।

वडा ३ जुकुका स्थानिय कटेल वाडाका सम्पुणर् स्थानियले जग्गादान गरे पश्चात उक्त ठाउँमा सो अस्पताल निर्माण हुन लागेको सुचना अधिकारी कुमेर बहादुर शाहीले बताए । भवन शिलान्यासको कार्यक्रमका वोल्दै गाउँपालिकाका अध्यक्ष शाहीले गाउँपालिकाका भित्रका नागरीकलाई सहजै रुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ रान्सीनमा १० शैयाको अस्पताल निमाणर् हुने बताए । गाउँपालिकाका पाचँ वटै वडाका नागरीकलाई गुणस्तरीय स्वास्थ्य सेवामा जोडने उद्देश्यले अस्पताल निमाणर्को कार्य अघि बढेकोले अवको दुई वर्ष भित्र स्थानियले सहजरुपमा स्वास्थ्य सेवा पाउने उनको भनाई छ । गाउँपालिकाको केन्द्र वाई सुईजीउला देखि करीव तिन किलो मिटर टाढा रहेको रान्सीनमा अस्पताल निर्माण हुने भएको छ ।

गाउँपालिकाका पाचँवटै वडाका स्थानीयलाई पायक पर्ने गरि सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल निमाणर्को कार्यलाई अघि वढाईने गाउँपालिकाका अध्यक्ष शाहीले बताए । गाउँपालिकाका पाचँ वटै वडाका नागरीकलाई गुणस्तरीय स्वास्थ्य सेवामा जोडने उद्देश्यले अस्पताल निमाणर्को कार्य अघि वढेकाले अवको दुई वर्ष भित्र स्थानियले सहजरुपमा स्वास्थ्य सेवा पाउनेछन उनले भने । यस अघि स्वास्थ्य सेवाको पहुँच भन्दा वाहिर रहेका स्थानियले अस्पताल निमाणर् पछि आफ्नै गाउँपालिकामा सेवा पाउने भएका छन ।

त्यस्तै हिमाली गाउँपालिकाको रुगिनमा निर्माण हुने १० शैयाको अस्पताल भवनको आज गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले शिलान्यास गरे । भवन शिलान्यास कार्यक्रममा वोल्दै उनले यस अघि स्वास्थ्य सेवाको पहुँच भन्दा वाहिर रहेका स्थानियले अव सहजरुपमा गाउँपालिकामा स्वास्थ्य सेवा पाउने बताए । उता जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले गाउँपालिकाको केन्द्र जुड्डीमा निमाणर् हुने १० शैयाको अस्पताल भवनको शिलान्यास गरेका गाउँपालिकाका प्रवक्ता डवल बिकले बताए । अस्पताल भवनको शिलान्यास कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष शाहीले गाउँपालिका भित्रका नागरीकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ भवन निमाणर्को कार्य जति सक्यो चाडो सम्पन्न गर्ने बताए अध्यक्ष शाहीलाई उदृत गर्दै सुचना अधिकारी राजेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

स्थानिय पूर्वाधार विकाश साझेदारी कार्यक्रम २०७७ अनुसार बाजुराका नौवटा स्थानीय तह मध्ये आठ वटा स्थानीय तहमा १० देखि १५ शैयाका अस्पताल निर्माणका लागि संघीय सरकारबाट ४ करोड बजेट विनियोजन भईसकेको प्रतिनिधि सभा सदश्य सांसद लालबहादुर थापाले बताए । नौ वटा स्थानिय तह रहेको बाजुरामा बुढीगंगा नगरपालिका बाहेक अन्य आठ वटा स्थानिय तहमा १० देखि १५ शैयाको अस्पताल निर्माण हुने भएका छन । बाजुराका ग्रामिण क्षेत्रमा पहिलो पटक १० देखि १५ शैयाको अस्पताल निर्माण हुने भएकाले जेष्ठ नागरीक, वालवालिका, आर्थिक अवस्था कमजोर र विपन्न नागरीक लगायतले सहजरुपमा स्वास्थ्य सेवा पाउने भएका छन ।

अस्पताल निमाणर्ले स्थानियलाई जटिल उपचारका लागि सुविधा सम्पन्न ठाउँमा जानुपर्ने अवस्थाको अन्त्य हुने भएको जनप्रतिनिधिले बताए । यस अघि स्थानीयले सामान्य उपचारका लागि गाँउघरमा रहेका सामुदायिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकिमा पुगेर उपचार गर्नुपर्ने अवस्था भए पनि जटिल उपचारका लागि सुविधा सम्पन्न ठाउँमा जानुपर्ने बाध्यता थियो । गाउँघरका प्रसुति उपचार देखि जटिल खालका विरामीलाई महंगो भाडा तिरेर उपचारका लागि सुविधा सम्पन्न जानुपर्ने अवस्थाको केहि सहज हुने गाउँपालिका तथा नगरपालिकाको विश्वाश छ ।

स्थानीय पुर्वाधार विकाश साझेदारी कार्यक्रम २०७७ अनुसार बाजुराका ९ वटै स्थानिय तहमा १० देखि १५ शैयाका अस्पताल निमाणर्का लागि संघिय सरकारबाट ४ करोड बजेट विनियोजन भैसकेको प्रतिनिधि सभा सदश्य सांसद लालबहादुर थापाले बताए । नौ वटा स्थानिय तह रहेको बाजुरामा बुढीगंगा नगरपालिका वाहेक अन्य आठ वटा स्थानिय तहमा १० देखि १५ शैयाको अस्पताल निर्माण हुने भएका छन ।

जिल्लाको त्रिवेणि नगरपालिका र बुढीनन्दा नगरपालिकामा १५ शैयाको अस्पताल निर्माण हुने बताईएको छ । स्वामीकार्तिक खापर, गौमुल, खप्तड छेडेदह, जगन्नाथ, हिमाली गाउँपालिका र वडिमालिका नगरपालिकामा १० शैय्याको अस्पताल निर्माण हुने भएका छन । जिल्ला सदरमुकाम समेत रहेको वडिमालिका नगरपालिकामा हाल १० शैयाको जिल्ला अस्पताल सञ्चालन भईरहेको जनाईएको छ ।

प्रतिक्रिया