कामना बैंकको डिवेञ्चर प्रत्याभूतीकर्तामा लगानी कोष

काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडको १ हजार अंकित दरका १० लाख कित्ताको ऋणपत्र प्रत्याभुतीकर्ताको रुपमा नागरिक लगानी कोष नियुक्त भएको छ । डिवेञ्चर प्रत्याभूतीकर्ता सम्झौता–पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन ।

नेपाल राष्ट बैंकबाट ‘ख’ वर्गको इजाजत पत्रप्राप्त बैंकमा कामना सेवा ऋणपत्र निष्काशन गर्ने पहिलो विकास बैंक बनेको छ भने कोषले ऋणपत्र प्रत्याभुूती गरेको पनि यो प्रथम पटक हो । ‘९ प्रतिसत केएसविविएल डिबेञ्चर २०८७’ ऋणपत्रको अवधि १० बर्षको रहेको छ । यसमा अर्धबार्षिक, ब्याज प्रदान हुने साथै सेबोनको स्विकृति पश्चात यो ऋणपत्र निकट भविष्यमा निष्काशन गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा प्रत्याभूतीकर्ता कम्पनी लगानी कोषको मर्चेन्ट बैंक विभाग प्रमुख नारायण प्रसाद घिमिरे, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना, निष्काशन विभाग प्रमुख राम कुमार महत तथा निष्काशनकर्ता बैंककाा जोखिम व्यवस्थापन विभाग प्रमुख प्रदिप पुडासैनी समेतको उपस्थिती रहेको पनि बैकले जनाएको छ ।

प्रतिक्रिया