चितवनमा बिपी स्मृति भवन शिलान्यास

चितवन । वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठले बिपी स्मृति भवन निर्माणका लागि भरतपुर महानगरपालिका–११ मा करिव १३ धुर जमिन उपलब्ध गराएकी छन । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आज भवनको शिलान्यास गर्दै समाजसेवी मैयादेवीले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयदेखि जिल्ला र वडासम्मलाई जग्गा उपलब्ध गराएर सहयोग गरेको बताए ।

कांग्रेस भरतपुर–११ ले निर्माण गर्न लागेको भवनका लागि पार्टीले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । पार्टीका वडासमितिका उपसभापति महेश्वर ढकालका अनुसार सो भवन रु एक करोडको लागतमा अत्याध्निक तीनतल्ला निर्माण गरिने छ ।

भवन निर्माणका लागि समाजसेवी श्रीप्रकाश कँडेलको संयोजकत्वमा आर्थिक समिति र कविराज अधिकारीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ । सोही भवनको नजिक तीन वर्षअघि समाजसेवी श्रेष्ठले नै उपलब्ध गराउनुभएको जमिनमा नेपाल प्रेस युनियनले ‘मैयादेवी सूचना केन्द्र ’ निर्माण गरेको छ । – रासस

प्रतिक्रिया