कालीकोट बन्यो कोरोना संक्रमित शून्य

कालिकोट । कोरोना महामारीको उच्च जोखिममा रहेको कालिकोट जिल्ला कोरोना संक्रमति शून्य भएको छ । ९ वटा स्थानिय तह रहेको कालिकोटमा संक्रमित संख्या एकाएक बढेको थियो ।

स्थानिय तहले आफ्नै पालिकामा रहेका साविकका क्वारेन्टाईनलाई नै अहिले कोरोना उपचारका लागि आइशोलेसन बनाएका थिए । २४५ जना संक्रमितहरु क्रमसः निको हुँदै डिस्चार्ज भएका छन् ।

२४५ जना संक्रमति डिस्चार्ज भएपछि कोरोनाको उच्च जोखिममा रहेको कालिकोट हाल संक्रमितको हिसाबले शून्य छ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका कटकबहादुर महतले सामाजिक सञ्जाल मार्फत कालिकोट कोरोना संक्रमितको संख्या शून्य भएको बताएका छन् ।

आगामी दिनमा सतर्कता अपनाउन स्वास्थ कार्यालयले सम्पूर्णमा अनुरोध गरेको छ । कोरोनाको त्रासले नागरिकहरु दिन प्रतिदिन चिन्तित हुँदै गएका थिए । अब भने केही आशा पलाएको नागरिकहरुले बताउँने गरेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया