प्रदेश स्तरीय सुशासन सम्मेलन सुर्खेतमा सुरु

सुर्खेत । कर्णाली प्रदेश राजधानी बिरेन्द्रनगरमा प्रदेश स्तरिय शुसासन सम्मलेन शुरु भएको छ । सहकर्मी समाज नेपालको संयोजन, दलित बिकास समाज सल्यान र दलित महिला केन्द्र नेपाल, स्वीडिस डेभ्लपमेन्ट पार्टनर र तेरे देज जोम्सको सयुँक्त पहलमा कार्यक्रम शुरु गरिएको हो । सुशासनमा नागरिक सहभागिता कार्यक्रम युरोपियन युनियनको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो । कार्यक्रममा कर्णालीका कालिकोट, जाजरकोट र सल्यान गरी ३ जिल्लाका शुसासनका क्षेत्रमा कार्यरत ३५ जनाको सहभागिता रहेको छ । सहकर्मी समाज सुर्खेतका अध्यक्ष रत्नबहादुर गाहामगरको अध्यक्षता तथा कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव आनन्द सारुको प्रमुख आथित्यतामा सुशासन सम्मलेन कार्यक्रम उद्घाटन गरिएको हो ।

कर्णाली प्रदेशमा रहेर सुशासनमा प्रत्यक्ष रुपमा कार्यरत सरोकारवालाहरु बीच सिकाई आदान प्रदान गर्ने, सुशासनका क्षेत्रमा देखिएका चुनौतीलाई छलफल गरेर सुधार गर्ने, सुशासनमा काम गर्ने सरोकारवालाहरु को प्रदेश स्तरिय सञ्जाल गठन गर्ने उद्येश्यले कार्यक्रमको सम्मेलनको आयोजना गरिएको बताइएको छ ।

विशेषगरी गोष्ठीमा दैलेख, सुर्खेत, जाजरकोट, कालिकोट लगाएतका जिल्लामा रहेर प्रत्यक्ष रुपमा सुशासनका गतिविधीहरुमा कार्यरत संस्थाहरु बीच राम्रा अभ्यास तथा गतिबिधीको बारेमा विशेष बहस हुने सहकर्मी समाज नेपाल सुर्खेतका कार्यक्रम संयोजक हरि उपाध्यायले जानकारी दिए । उनले भने सुशासनका चुनौती र आगामी दिनमा सुशासनको क्षेत्रलाई मजबुद बनाउन सम्वन्धित निकायसँग सम्वन्धित विषयमा रहेर अन्तरक्रिया गरी सुशासनको क्षेत्र बलियो बनाएर समुदाय स्तरमा सुशासनकायम गर्ने बताएका छन ।

कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव आनन्द सारुले समुदाय स्तरमा सुशासनको क्षेत्र फितलो देखिएकाले यो सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले भने, ‘सुशासनको बारेमाअधिंकास नागरिकहरुलाई थाहा छैन ।’ सुशासनको बारेमा नागरिकहरु लाई प्रष्ट पार्न सुशासनकर्मीको ठुलो भुमिका रहने बताउदै स्थानिय तह अन्र्तगतका समुदायमा सुशासनका लागि नागरिकको क्षमता बृद्धि गर्नुमा लाग्नु पर्ने बताए ।

कार्यक्रमका सहकर्मी समाज सुर्खेतका अध्यक्ष रत्नबहादुर गाहा मगरले पारदर्शी रुपमा शुसासन कायम गर्न जिम्मेवार नागरिकहरुको भुमिका महत्वपुर्ण हुने र सुशासनमा नागरिकहरुको सहभागिता समान रुपमा गर्नुपर्ने भएकाले सवैले आ–आफ्नो जिल्लामा रहेका सुशासन सम्वन्धि कार्य गर्ने संघ–संस्थासँग समन्वयात्मक भुमिकामा रहि जिल्ला स्तरमा सुशासनको पाटो बलियो बनाउन लाग्नु पर्ने बताए । मंसिर १४ गतेदेखि शुरु गरिएको सम्मलेन मंसिर १७ गते सकिने छ । प्रदेश स्तरिय योजना आयोगबाट प्रतिनिधिहरु उपस्थित हुनेछन, भने मन्त्री र सांसदहरु सँग पनि विशेष बहस हुने कुरा सहकर्मी समाज सुर्खेतका कार्यक्रम संयोजक हरि उपाध्यायले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया