रेडक्रस र कोकाकोलाको साझेदारीमा भेण्टिलेटर तथा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी र कोकाकोलाको साझेदारीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भेण्टिलेटर सहित स्वास्थ्य सामग्री सहयोग प्रदान गरिएको छ । गण्डकी क्षेत्रीय अस्पताल पोखरामा शुक्रबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग र नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष सिताराम कोइरालाले संयुक्तरुपमा प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन । १८ लाख ५८ हजार रुपैयाँ बराबरको उक्त स्वास्थ्य सामग्रीमा एक थान भेण्टिलेटर सहित स्यानिटाइजर, मास्क, पञ्जा, जुत्ता लगायत रहेका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाकाका मेयर मानबहादुर जिसी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा।बुद्धिबहादुर थापा, रेडक्रस जिल्ला शाखाका सभापति डोलराज पाण्डेलगायत पदाधिकारीहरु ,कोकाकोला फाउण्डेशन कास्कीका प्रतिनिधि केपी गौतम र नेरेसो केन्द्रीय कार्यालयका उच्च पदस्थ कर्मचारी लगायतको रहेको थियो ।

बिराटनगर, बीरगञ्ज र चितवनमा पनि सहयोग
साझेदारी अन्तरर्गत नै नेरेसो पर्सा शाखामार्फत वीरगञ्जस्थित नारायणी अस्पताललाई सोमबार एक थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष शर्मीला कार्कीले प्रदेश नं २ की आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिन । सोही अवसरमा उक्त सामाग्री राज्यमन्त्री यादवले नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लालमार्फत अस्पताललाई हस्तान्तरण गरे ।

त्यस अवसरमा अस्पताललाई १६ लाख ३२ हजार आठसय पचास रुपैयाँको आईसीयूमा प्रयोग हुने भेन्टिलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोडी सर्जिकल पञ्जा, ५० थान सुरक्षा पोशाक, एन ९५ मास्क २ सय थान र ५० थान गरी १८ लाख ५८ हजार १ सय ६९ रुपैयाँको सामग्री हस्तान्तरण गरिएको थियो ।

यस्तै नेपाल रेडक्रस सोसाइटीले प्रदेश १ सरकारलाई भेन्टिलेटरसहित साढे १८ लाखभन्दा बढी मूल्यको स्वास्थ्य सामग्री मंगलबार हस्तान्तरण गरेको छ ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रसकी उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार आठ सय ५० रुपैयाँ बराबरको भेन्टिलेटरसहित ६ हजार थान सर्जिकल मास्क, दुई हजार पाँच सय जोर ग्लोब्स, ५० थान पीपीई, दुई सय थान केएन ९५ मास्क, ५० थान सुरक्षा चस्मा गरि १८ लाख ५८ हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिन ।

यस्तै चितवनस्थित भरतपुर अस्पताललाई भेन्टिलेटरसहित २० लाख भन्दाबढीको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ सोमवार एक कार्यक्रमबीच कोका–कोला फाउण्डेसन नेपाल र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी सो सामग्री अस्पताललाई हस्तान्तरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष होम पाठक र चितवन रेडक्रस शाखाका सभापति ज्ञानशाली न्यौपानेले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीलाई एक कार्यक्रमका बीच सोमबार हस्तान्तरण गरे ।

हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार आठसय पचास रूपैयाँ मुल्यको आइसीयूमा प्रयोग हुने एक थान भेन्टिलेटरका साथै ६ हजार पिस सर्जिकल मास्क, २ हजार ५ सय जोडी सर्जिकल पन्जा, एकसय थान सुरक्षा पोशाक, केएन ९५ मास्क दुई सय थान र ५० थान सुरक्षा चस्मा रहेका छन् ।

सुदुर पश्चिम र कर्णालीमा भोली वितरण हुँदै

भेरी अञ्चल अस्पताल बाँके, कर्णाली प्रदेश अस्पताल सुर्खेत र सेती अञ्चल अस्पताल कैलालीमा भेन्टिलेटर सहित शुरक्षा सामग्री वितरण भोली देखि सुरु हुँदैछ । मंगलबारसम्म हस्तान्तरण कार्यक्रम सकिने सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । यी सवै सामग्री वितरण दुई चरणमा गरिएको थियो नेरेसो तथा कोकाकोलाको साझेदारीमा २ करोड बराबरको सामग्री स्वास्थ्य सँस्था र स्वयंसेवकहरुलाई उपलव्ध गराइएको छ ।

प्रतिक्रिया