खोजखबर

पाथीभरामा दर्शन आएकी एक महिलाको मृत्यु

सौर्य अनलाइन २०७७ मंसिर १२ गते २०:५२ मा प्रकाशित

ताप्लेजुङ । जिल्लाको पाथीभरा दर्शन आएकी एक महिला तीर्थयात्रीको आज मृत्यु भएको छ । विराटनगर महानगरपालिका –६ निवासी सावित्री खड्का चापागाईंको बेहोस भई निधन भएको हो । मन्दिरमै अचेत भएर ढलेपछि पाथीभराका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयवासीले स्टे«चरमा उनलाई बोकेर काफ्लेपाटीसम्म ल्याएको र त्यहाँबाट गाडीमा जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मी उमनाथ पौडेलले जानकारी दिए ।

तीस वर्षीया सावित्रा श्रीमान् मनिष चापागाईं, ससुरालगायत परिवारका पाँच जनासँगै दर्शनका लागि पाथीभरा आएकी थिइन । अपराह्न १ बजेतिर मन्दिरमा पूजा गरेर बाहिर निस्कँदा होमकुण्ड छेउमा लडेपछि स्टे«चरमा उनलाई सदरमुकामतिर ल्याइएको थियो । मन्दिरबाटै अक्सिजनसहित अस्पताल ल्याइए पनि बचाउन नसकिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । चिसोका कारण उहाँको मृत्यु भएको हुन सक्ने जनाइएको छ । – रासस

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय