‘जुन छायाँ घुमाईदे माया’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका देबी घर्ती र मान बहादुर रोकायाको स्वरमा मौलिक तथा ठट्यौली देउडा गित ‘जुन छायाँ घुमाईदे माया’ सार्वजनिक भएको छ । संगित र साहित्यको क्षेत्रमा निकै सक्रिय अब्बल तथा बरिष्ट सर्जक राजेन्द्र शाह ‘बिपी’ को शब्द, लोकप्रिय कलाकार तथा सर्जक बिनोद बाजुरालीको संगीत संयोजन तथा मानबहादुर रोकायाको संगीत सृजना रहेको सो गीत म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको हो ।

भिम थापा र झरना बोहोराको अभिनय रहेको गीतको म्युजिक भिडियो भिम थापाले निर्देशन गरेका हुन । छायांकन डीबी रौलेले गरेका छन, भने भिडियोको सम्पादन प्रविन रश्मि मगरले गरेका हुन ।

 

प्रतिक्रिया