‘बोक्सीको घर’ बनाउँदै केकी

काठमाडौं । अभिनेत्री केकी अधिकारीले ‘बोक्सीको घर’ नाटकलाई पर्दामा उतार्ने भएकी छन् । सुलक्षण भारतीले लेखेको यो नाटक चार वर्षअघि मण्डला थिएटरमा मञ्चन भएको थियो । अभिनेत्री केकीकै मुख्य भूमिका रहने ‘बोक्सीको घर’ लाई चलचित्रमा रुपान्तरण गर्न लागिएको हो । केकी अधिकारी फिल्म्सले निर्माण गर्ने यो चलचित्रलाई सुब्रतराज आचार्य र सुलक्षणले निर्देशन गर्ने जनाइएको छ । सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै चलचित्रले महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरुमाथि गर्ने शोषणलाई देखाइने छ ।

चलचित्रमा केकीसँगै अभिनेता गौरव पहारीको प्रमुख भूमिका रहने जनाइएको छ । यो चलचित्रको तयारीका लागि निर्माण पक्ष डेढ महिनादेखि कार्यशालामा जुटिरहेको छ । चलचित्रसम्बन्धी कार्यशाला र प्रि–पोडक्सनका काम सकेलगत्तै चार महिनापछि छायांकनमा जाने योजनामा निर्माण पक्षको योजना छ । यसअघि अभिनेत्री केकीले ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरिसकेकी छन् ।

प्रतिक्रिया