‘खास लाग्न थाल्यौ’ मा विशाल र सरिता

काठमाडौं । गायक तथा संगीतकार बिपिन घिमिरेको नयाँ गीत ‘खास लाग्न थाल्यौं’ को भिडियो सार्वजनिक भएको छ । गजलकार नारायणप्रसाद सापकोटाले लेखेको यस गीतमा गायक बिपिनले संगीत भरेका छन् । गीतमा संगीत संयोजन किरण कँडेलको रहेको छ ।

साम्बी इन्टरट्रेन्मेन्ट च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई सञ्चारकर्मी डब्बु क्षत्रीले निर्देशन गरेका छन् । भिडियोमा रामशरण उप्रेतीको छायांकन, वीरेन्द्र भाट ‘बिपिन’ को सम्पादन तथा रंग संयोजन रहेको छ । शम्भुकुमार तन्डुकारले मिक्सिङ गरेको गीतको भिडियोले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको गायक बिपिनले जिकिर गरे ।
भिडियोमा अभिनेता विशाल पोखरेल र मोडल सरिता भारतीको अभिनय छ ।

डेढ दर्जन भिडियोमा मोडलिङ गरिसकेकी गायिका भारती पनि संगीतकार तथा गायक विपिन घिमिरेबाटै प्रशिक्षित हुन् । उनले आफ्नो गुरुको गीतमा मोडलिङ गर्न पाउँदा खुसी लागेको बताइन् । यस्तै, गायक बिपिन र गायिका तथा मोडेल सरिताको स्वरमा पनि चाँडै नयाँ गीत आउँदैछ । दुई दशकदेखि गायनमा सक्रिय बिपिन सांस्कृतिक संस्थानका कलाकार तथा स्वर प्रशिक्षक हुन् ।

प्रतिक्रिया