खड्काको ‘ट्रि पोज’ रेकर्ड

काठमाडौं । नेपाली योग प्रशिक्षक विक्रम खड्का ३ घण्टा ३६ मिनेटसम्म वृक्षासन (ट्रि पोज) मा बसेका छन् । यससँगै उनले विश्व रेकर्डको दाबी पेश गरेका छन् । वृक्षासनको विश्व रेकर्ड हाल भारतीय नागरिक सनत रथको नाममा छ । १८ जुन २०२० मा बैंगलोरका सनतले १ घण्टा ६ मिनेट ५५.३ सेकेन्डसम्म वृक्षासनमा बसेर गिनिज बुकमा नाम लेखाएका थिए ।
वृक्षासनको पुरानो रेकर्ड आफूले तोडेको दाबी गर्दै खड्काले गिनिज बुक अफ वल्र्ड रेकर्डमा दाबी पेश गरेका छन । ‘गिनिज बुक अफ वल्र्ड रेकर्डबाट अनुमति लिएर र उसले तोकेका सबै मापदण्ड पु¥याएर प्रक्रिया अघि बढाएको छु,’ खड्काले भने ।
काठमाडौंको गोंगबुमा न्यु लाइफ क्लिनिक स ञ्चालन गर्दै आएका खड्काले यसअघि २०६४ सालमा टुँडिखेलमा लगातार पाँच घण्टासम्म टाउकोले टेकेर उभिएका थिए । यस्तै, २०६५ सालमा लगातार चार घण्टासम्म बलेको मैनबत्तीमा आँखा नझिम्काइ हेरेको हेर्यै (त्राटक) गरेका थिए । यी दुवैमा पनि आफूले विश्व रेकर्ड राखेको तर प्रक्रिया नपु¥याउँदा गिनिज बुकको प्रमाणपत्र नपाएको उनले सुनाए ।

प्रतिक्रिया