रत्नपार्कको नाम परिवर्तन नगर्न माग

काठमाडौं । राप्रपा जिल्ला कार्यसमिति काठमाडौंले रत्नपार्कको नाम परिवर्तन नगर्न माग गर्दै मंगलबार काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तनको सम्बन्धी ज्ञापनपत्र बुझाइएको हो ।

काठमाडौं महानगरपालिकाले पूर्वराजा महेन्द्रको जीवनसंगीनी वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन बिताइरहेकी रत्नको इतिहास मेटाउने कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ । राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको राप्रपा काठमाडौं जिल्ला अध्यक्ष सिंखडाले जानकारी दिए ।

महानगरपालिकालाई यो कार्य तत्काल सच्चाउन माग समेत गरिएको छ । शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भव्य पार्क बनाउनु पर्ने राप्रपाको माग रहेको छ । ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझेका थिए ।

प्रतिक्रिया