गौतमबुद्ध रंगशालालाई सहयोग गर्न आग्रह

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले धुर्मुस सुन्तली फाउन्डेसनले चितवन भरतपुरको शान्तिपुरमा जनस्तरबाट निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको अवलोकन गरेका छन् । ज्ञानेन्द्रले सोमबार चितवनमा पुगेर गौतमबुद्ध निर्माणधिन रंगशाला अवलोकन गरेका हुन् । अवलोकनल पछि ज्ञानेन्द्रले गौतमबुद्ध रंगशालालाई सहयोग गर्न आग्रह गरेका छन् ।

‘सर्वप्रथम धुर्मुसलाई धेरै धेरै धन्यावाद दिन चाहन्छु । उहाँले यति ठूलो मन देखाएर ठूलो प्रोजेक्ट आटेर काम गर्नु भएको छ । यसको फलपनि विस्तारै देखिदै पनि गएको छ । हामी पहिला देखिनै समर्थनमा थियौं । अझ सहयोग गर्ने छौं । नेपाली क्रिकेट टोली, खेलाडी, सबैजना मिलेर चिनारीको रुपमा सबैजना एकबद्ध भएर सहयोग गर्न आग्रह पनि गर्ने छौं’, ज्ञानेन्द्रले अवलोकनपछि भने ।

‘एकै गतिमा बनिरहेको छ । उहाँहरुलाई सहयोग गरौं । कुनैपनि राम्रो चिज बन्नलाई फन्ड (आर्थिक) कै आवश्यकता पर्छ । हामी सबैको स्टेडियम हो भन्ने बुझेर जति सक्नुहुन्छ धेरै थोरै सहयोग गर्न अनुरोध गर्दछु’, ज्ञानेन्द्रले भने । ज्ञानेन्द्रले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु हुनुभन्दा पहिला रंगशालाको अवलोकन गरेका हुन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मंसिर १० देखि टियू क्रिकेट मैदानमा सुरु हुँदैछ ।

प्रतिक्रिया