विनिताको विवाह गीत

काठमाडौं । गीतकार विनिता खनालको विवाहसम्बन्धी गीति एल्बम ‘लगनगाँठो’ सार्वजनिक भएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा एल्बममा रहेका पाँच गीत सार्वजनिक गरिएको हो । एल्बममा ‘आयो है आयो (मेहेन्दी गीत), धुतुरी धुतुरी बाजा बजाई (जन्ती गीत), दौरा सुरुवाल चिटिक्कै (रत्यौली गीत), बिदाइ गर्न छोरी तिमीलाई (दुलही अन्माउने गीत) र छमछम पाउजु (रिसेप्सन गीत) रहेका छन् । युट्युबमा ‘मेहेन्दी’ गीत राखिएता पनि सो अवसरमा एल्बममा रहेका सबै गीतको भिडियो सार्वजनिक गरिएको थियो । एल्बममा रहेका पाँचै वटै भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

किरण कँडेलको संगीत रहेको एल्बम रहेका ‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, धुतुरी धुतुरी बाजा बजाईमा मेलिना राई र श्रीवास्तव खरेल, दौरा सुरुवाल चिटिक्कैमा मिना निरौला, बिदाइ गर्न छोरी तिमीलाईमा बानिका प्रधान र छमछम पाउजुमा निकिता थापा र प्रताप दासको स्वर छ । पाँचवटै विवाहका गीतमा विजु पार्की र रेश्मा घिमिरे दुलहा र दुलहीको भूमिकामा छन् । भिडियोमा अभिषेक श्रेष्ठ, शर्मिला मल्ल, शिशिर राणा लगायतका कलाकारको अभिनय छ । भिडियोमा उत्सव दाहाल र उत्तम हुमागाँइको छायांकन तथा विकास दाहालको सम्पादन रहेको छ ।

प्रतिक्रिया