मनकामना केबलकार २३औँ वर्षमा

काठमाडौं । मनकामना केबलकार २३औँ वर्षमा प्रवेश गरेको छ । कोभिडका कारण झण्डै सात महिनादेखि केबलकार बन्द रहेको छ । सुरक्षाका सबै मापदण्डसहित केबलकार खोल्ने तयारीमा रहेको पनि कम्पनीले जनाएको छ ।  भिडपछि केबलकारको टिकट अनलाइनमार्फत खरिद गर्न सकिने सेवा पनि कम्पनीले ल्याएको छ । ई–सेवामार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्त गर्न सक्नेछन् भने फोनपेमार्फत टिकट काउन्टरबाट टिकट लिन सक्नेछन् । नगदरहित कारोबार, यात्रु सेवा सहजतासँगै भिडभाड कम हुने कुरालाई मध्यनजर गर्दै त्यस्तो व्यवस्था लागू गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले यात्रु तथा आफ्नो जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि मूल ढोकादेखि नै ‘हेल्थ स्क्रिनिङ’ को तयारी गर्नुका साथै प्रत्येक घण्टा डिसइन्फेक्ट गर्ने तयारी गरेको छ । उनका अनुसार कम्पनीले कुरिनटार स्टेसन र मन्दिर क्षेत्रमा रहेको स्टेसनमा आइसोलेसन वार्डसमेत तयार गरेको छ । यात्रु र सेवामा सहभागी कर्मचारीलाई फेस सिल्ड, मास्क, स्यानिटाइजेसनको व्यवस्था गर्ने जनाएको छ । कम्पनीका अनुसार स्यानिटाइजेसन, ह्यान्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फेस सिल्ड र फ्रन्ट लाइन वर्करलाई पीपीई लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरिसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया