सनराइज बैंकले आठ प्रतिशत लाभांश दिने

काठमाडौं । सनराइज बैंकले ८ दशमलव २५ प्रतिशत लाभांश दिने भएको छ । गत वर्षको नाफाबाट बैंकले चुक्ता पुँजी ८ अर्ब ९६ करोडको ५ दशमलव ८ प्रतिशत बोनस सेयर दिने जनाएको छ । बाँकी २ दशमलव ४८ प्रतिशत नगद लाभांश दिने पनि बैंकले जनाएको छ । बोनस सेयर स्वीकृतपछि चुक्ता पुँजी ५२ करोड रुपैयाँले बढ्ने छ । अपरिष्कृत वित्तीय विवरणअनुसार, बैंकले गत आव ५४ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको खुद नाफा भने १ अर्ब ३९ करोड रुपैयाँ थियो । चालु वर्षको पहिलो त्रैमासमा खुद नाफा ३८ करोड २९ लाख रुपैयाँ रहेकको छ । बैंकले गत आव १५ दशमलव ८ प्रतिशत लाभांश दिएको थियो । यसमध्ये १० प्रतिशत बोनस सेयर थियो ।

प्रतिक्रिया