खोजखबर

धादिङमा कार र टिपर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

सौर्य अनलाइन २०७७ मंसिर ७ गते १४:०० मा प्रकाशित

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका– ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ ।

मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका– १ का २४ वर्षीय केसीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काले उक्त दुर्घटनामा अन्य तीन जना घाइते भएको जानकारी दिए । दाङ शान्तिनगर नगरपालिका– ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँं कलङ्की निवासी सुधीर सुवेदी गम्भीर घाइते भएका छन् ।

एक जनाको सामान्यावस्था छ । घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय