एरो हेर्दै दुविधामा नपरी रारा घुमौँ

मुगु । जो सुकैलाई पनि रारा जाने रहर हुन्छ । तर रारा कसरी जाने धेरै अलमलमा छन् । रारा घुम्न जाने योजना त सबै बनाउँछन्, राराको नाम सुन्ने बित्तिकै सबैको मन त्यतिकै लोभिन्छ । तर, रारा कसरी पुग्ने भन्ने कुरा मेसो नपाएर दुविधाले अधिकांश पर्यटक बनाएको योजना तुहाउने गरेका हुन्छन् । रारा स्वर्गको एक टुक्रा हो । रारा पुगेपछि स्वर्ग पुगेको अनुभूति हुनेछ । राराले एकदिनमा निकै चोटी रङ फेर्छ । कहिले नीलो, कहिले बैजनी, कहिले सिम्रिकजस्तो अनि कहिले खैरो । मौसमअनुसार दिनमै चार/पाँचचोटी फेरिने राराको पानीको रङमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाया । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सराजस्तो देखिन्छ ।

रारा जीवनमा पुग्नै पर्ने र घुम्नै पर्ने गन्तव्यमा पर्छ । त्यही भएर पनि रारा एकपटक पुग्नै पर्छ भन्ने मान्यताका साथ मेसो पाएका आन्तरिक पर्यटक रारा आउँछन्, तर मेसो नपाएका पर्यटक दुविधामा भएर आउन हिच्किचाउने गर्छन् । अब रारा जान दुविधा नगरेकै वेस । रारा पुग्नै पर्छ घुम्नै पर्छ भन्ने मान्यताले आए हुन्छ । रारा पुग्न मुगु पुगेसकेपछि एरोका साथबाट मज्जाले राराताल घुम्न सकिनेछ । राराका विभिन्न क्षेत्रमा एरो चिन्न बनाइएका छन् । त्यसका माध्यमबाट रारा घुम्न सकिनेछ । रारा जाने बाटो, मुर्माटप पुग्ने बाटो, चुचेमारा पुग्ने बाटोलगायतका गन्तव्य स्थानमा एरो बनाइएका छन् त्यसको माध्यमबाट रारा घुम्न सजिलैसँग सकिनेछ ।

पोखराबाट रारा घुम्न आएका वीरेन्द लम्सालका अनुसार रारा भित्रका एरोले महत्वपूर्ण काम गरेको बताए । नयाँ पर्यटकलाई गन्तव्य स्थानसम्म पुग्न एरोको अतिआवश्यक रहेको र यस्ता एरो हरेक दोबाटोमा राख्नुपर्ने लम्सालले बताए । एरोहरू जीर्ण अवस्थाका भएकाले मर्मतमा ध्यान दिर्नुपर्ने लम्सालको भनाइ छ । यतिखेर देश, विदेशीको नजरमा रारा छ, तर कोराना भाइरसका कारण देश तथा विदेशका आन्तरिक तथा बाह्य पर्यटक रारा पुग्न सकेका छैनन् । तर कोरानाको कारण सुनसान रारामा बन्दाबन्दी खुलेसँगै तालमा रमाउन यतिबेला आन्तरिक पर्यटकको चहलपहल निकै बढ्दै गइरहेको छ । कोरोनाका कारण सात महिनासम्म सुनसान भएको रारामा पछिल्लोपटक रारा घुम्न आउने पर्यटकको चहलपहल बाक्लो नै देखिन्छ ।

बर्सेनि यो समय रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ । अहिले रारा घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो छ । यो समयमा दैनिक दुई सयदेखि पाँच सयसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन् । समुन्द्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ पाँच किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर र गहिराइ १ सय ६७ मिटर रहेको छ । यस तालमा दुर्लभ असला जातका माछा, रानी ट्राउट, भ्यागुतोलगायत जलचर र तीन सय प्रजातिका चरा पाइन्छन् । यस्तै, यस क्षेत्रमा कस्तुरी, रेड पाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया