रिद्धिसिद्धिको शिलान्यास योजना

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले ‘शिलान्यास रिद्धि सिद्धिसँग’ नामक विशेष योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले कम्पनीसँग सम्पर्क गरी आफ्नो घर निर्माणमा प्रयोग हुने सिमेन्टको निःशुल्क परीक्षण गर्न सक्नेछन् । कम्पनीसँग सम्पर्क गरेपश्चात् कम्पनीका प्रतिनिधि निर्माणस्थलमै पुगी निर्माण स्थलको निरीक्षण गरी परीक्षण गराउन प्रयोगशालाका लागि नमुना संकलन गर्नेछन् । सिमेन्टको वैज्ञानिक परीक्षणको शुल्क सुरुमा ग्राहकले नै स्वयं भुक्तानी गर्नुपर्ने तर परीक्षणको रिर्पोट नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप नभएमा सो परीक्षण शुल्क फिर्ता गरिने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप भएमा पहिलो ढलानको लागि खरिद गरिएको सिमेन्टको बिलमा परीक्षण शुल्क घटाइने कम्पनीले जानकारी दिएको छ । यसका लागि न्यूनतम १०० बोरा खरिद गरिएको हुनुपर्नेछ । यो योजना प्रथम ५ सय जागरुक उपभोक्तालाई लक्षित गरिएको छ । यो योजना मंसिर महिना भरिको लागि लागु हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया