विराटनगरमा घरबाटै दिइयो अस्ताउँदो सूर्यलाई अर्घ्य

विराटनगर । विराटनगरका अधिकांश छठका ब्रतालुहरुले घर–घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। कोरोना संक्रमणका कारण स्थानीय प्रशासनले खोला, नहरमा भीडभाड नगर्न निर्देशन दिएपछि अधिकांशले घरबाटै छठ पर्व मनाएका छन्।

घरमा पूजा गर्न समस्या भएकाहरुले भने सामाजिक दूरी कायम राखी खोला तथा नहरमा घाट बनाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।

प्रतिक्रिया