राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना निको भएर घर फिर्ता

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

निमोनिया र कोरोना संक्रमण भएपछि गत कात्तिक २५ गते उपचारको लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका उनी मंगलबार कोरोनामुक्त भएका हुन् ।

अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी सुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकोमा पछि नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको उल्लेख गर्दै उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया