अर्थबजार

भालु भेडीगोठमै पसेर मार्यो १२ वटा भेडा

सौर्य अनलाइन २०७७ मंसिर २ गते १२:२८ मा प्रकाशित

सिँजा । जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ बिताको लेखमा भालुले १२ वटा भेडा मारेको छ । त्यसबाट एकै रातमा रु एक लाख ५० हजारको क्षति भएको छ । गत कात्तिक २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी रतिमान रावतले बताए ।

लामो समयसम्म भेडा पाल्दै आएका उनले तिहारकै बेला यस्तो दशा आइलागेको गुनासो गरे । वर्षौँ दिनको मेहनत एकै दिनमा जाँदा रतिमानको परिवारमा दुःख छाएको छ । रारा राष्ट्रिय निकुञ्जले गर्दा भेडा पाल्नेलाई धेरै घाटा भएको उनले बताए । निकुञ्जबाट निस्केर भालुले धेरै भेडा मारेको खबर पाउँदा पनि गाउँपालिका भने बेखबर भएको आरोप पनि उनले लगाए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय