जो बाइडन विजयको मुख्य कारण

सार्वजनिक जीवनमा झन्डै ५० वर्ष व्यतीत गरेका अनि राष्ट्रपति हुने आजीवन आकांक्षा राखेका जो बाइडनले यसपालि अन्ततः ह्वाइट हाउस जान पाउने भएका छन् । यो कसैले कल्पना गरेजस्तो निर्वाचन अभियान थिएन । एक शताब्दीमा एकपटक आउने महामारी अनि अभूतपूर्व सामाजिक अशान्तिका माझ निर्वाचन अभियान चलेको थियो । त्यसमाथि उनले एक अप्रत्याशित शैलीका अनि अचम्मका प्रतिद्वन्द्वीको सामना गर्नुपरेको थियो ।

तर, राष्ट्रपति हुने उनको तेस्रो प्रयासका बेला बाइडन तथा उनको टोलीले राजनीतिक अवरोधहरू छिचोल्दै विजयको मार्ग पहिल्याए । अन्तिम मतगणनामा उनले देशभरिबाट ट्रम्पभन्दा १०औँ लाख बढी भोट पनि बटुले । डेलावेअर राज्यका एक कार विक्रेताका छोरा बाइडनले राष्ट्रपति पद जित्नुका पछाडि यी प्रमुख पाँच कारण रहेका छन् ।

१. कोभिड, कोभिड, कोभिड : मत सर्वेक्षणहरूका अनुसार धेरै मानिसहरूलाई कोभिडको व्यवस्थापन ट्रम्पले भन्दा बाइडनले राम्ररी गर्न सक्ने लागेको थियो । बाइडनले जित्नुको मुख्य कारण सम्भवतः उनको नियन्त्रणभन्दा पूर्णतः बाहिर रहेको विषय थियो ।

कोरोना भाइरस महामारीले २ लाख ३० हजार अमेरिकीहरूको ज्यान लिनुका साथै अमेरिकी जीवनशैली र राजनीति पनि बदलिदियो । निर्वाचन अभियानको अन्त्यतिर राष्ट्रपति डोनल्ड ट्रम्प स्वयंले पनि यो कुरा स्वीकारेको देखिन्थ्यो ।
‘मिथ्या समाचार दिनेहरूका निम्ति केवल कोभिड, कोभिड, कोभिड छ,’ गत साता विस्कन्सिन राज्यमा भएको ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए । सो राज्यमा केही दिनयता संक्रमण निकै फैलिएको छ । सञ्चारमाध्यमले कोभिडबारे चर्चा गर्नु कृत्रिम कुरा नभई वास्तवमा जनचासोको अभिव्यक्ति थियो । यो विषयले राष्ट्रपतिले संकट राम्ररी व्यवस्थापन गर्न नसकेको देखायो ।

गत महिना पिउ रिसर्च संस्थाले गरेको मतसर्वेक्षणमा कोभिड महामारी व्यवस्थापनको सवालमा कसलाई विश्वास गर्नुहुन्छ भनेर सोद्धा मानिसहरूले बाइडनलाई ट्रम्पभन्दा १७ प्रतिशत धेरै अंक दिएका थिए । महामारी र त्यसले उब्जाएको आर्थिक समस्याले ट्रम्पले रुचाउँदै आएको वृद्धि र समृद्धिको नारा ओझेलमा प¥यो । साथै उनले बेलाबखत ध्यान केन्द्रित गर्न नसकेको, वैज्ञानिक तथ्यलाई प्रश्न गरेको, नीतिहरूको जथाभावी कार्यान्वयन गरेको तथा दलगत स्वार्थलाई प्रमुखता दिएको जस्ता कुरामा अमेरिकी जनता चिन्तित भएको पाइयो । ट्रम्पको लोकप्रियतामा महामारीले नै धेरै असर पा¥यो । गर्मीयामका बेला एकपटक त त्यो झरेर ३८ प्रतिशतमा ओर्लिएको ग्यालप पोलले उल्लेख गरेको थियो । यो अवस्थाको बाइडन समूहले यथाशक्य उपयोग ग¥यो ।

२. हल्लाविनाको प्रचारप्रसार : बोल्दा विवाद हुनसक्ने विगतको समस्यालाई पनि बाइडन टोलीले सम्हालेको देखियो । उनको लामो राजनीतिक जीवनयात्रामा बाइडन पटकपटक बोलीका कारण विवादमा परेका छन् । जिब्रो चिप्लिने समस्याका कारण नै उनको सन् १९८७ को राष्ट्रपतीय निर्वाचन अभियान त्यत्तिकै सकियो । अनि सन् २००७ मा पनि उनको त्यस्तै अर्को प्रयास खेर गयो ।

ओभल अफिसको निम्ति आफ्नो तेस्रो प्रयासका बेला पनि बाइडनले बोलीका कारण केही समस्या त भोग्नुप¥यो, तर ती थोरै र अल्पकालिक मुद्दा मात्र बने । एक त पदासीन राष्ट्रपतिले नै नयाँ समाचारको खडेरी पर्नै दिएनन् । दोस्रो, कोरोना भाइरस महामारी, जोर्ज फ्लोइडको हत्यापश्चात् भएका विरोध प्रदर्शन तथा आर्थिक बेथितिजस्ता विषयले राष्ट्रको ध्यान तानिरह्यो ।

बाइडनको टोलीले त्यस्तो जिब्रो चिप्लिने सम्भावना नै कम गराउने रणनीति पनि लियो किनकि महामारीका कारण मानिसको जमघट गराएर प्रचारप्रसार गरिएन । त्यसैले त्यो सम्भावना कम भयो । बाइडनको टोली चुपचाप नै बस्यो र ट्रम्पलाई नै बोलिरहन दिइयो । अन्त्यमा यही रणनीति सफल बन्यो ।

३. ट्रम्पबाहेक जोसुकै : निर्वाचनको दिनभन्दा अघिल्लो साता बाइडनको टोलीले उनीहरूको अन्तिम टेलिभिजन विज्ञापनहरू सार्वजनिक गरे जसको सन्देश गत वर्षको जस्तै थियो, अगस्तमा बाइडनले उम्मेदवारी स्वीकार्दाको जस्तै थियो । यो निर्वाचनलाई उनीहरूले ‘अमेरिकाको आत्माको निम्ति लडाइँ’ को रूपमा प्रस्तुत गरे । बाइडनले यसलाई गएको चार वर्षको विभाजन तथा अस्तव्यस्तताको अन्तको रूपमा आफ्नो उम्मेदवारी अगाडि सारे ।

त्यो नाराको पछाडि बाइडनको टोलीको सामान्य हिसाबकिताब थियो । ट्रम्प अति नै विभाजनकारी भएको र अमेरिकी जनताले शान्त र स्थिर नेतृत्व खोजेको उनीहरूको निक्र्याेल रह्यो । डेमोत्र्mयाटहरूले यो निर्वाचनलाई दुई उम्मेदवारबीचको प्रतिस्पर्धाभन्दा पनि ट्रम्पमाथिको जनमतसंग्रहको रूपमा परिणत गरिदिए ।

बाइडनको विजयी सन्देश आफू ट्रम्प नभएको भन्ने थियो । डेमोत्र्mयाटहरूले बाइडनले जितेमा अमेरिकीहरू हप्तौँसम्म राजनीतिबारे नसोचीकन ढुक्कले बस्न सक्छन् भन्ने सन्देश पनि बारम्बार दिए । ठट्टाको रूपमा त्यसो भनिए पनि त्यसमा सत्यको अंश थियो ।

४. मध्यमार्ग : बाइडनले उम्मेदवार बन्ने क्रममा इलिजाबेथ वारेन तथा बर्नी स्यान्डर्सको चुनौती बेहोरेका थिए । डेमोत्र्mयाटिक पार्टीको उम्मेदवार को हुने भन्ने निर्वाचन अभियानताका बाइडनलाई दलभित्रकै अलि वामपन्थी खेमाबाट चुनौती दिइएको थियो । बर्नी स्यान्डर्स तथा इलिजाबेथ वारेनहरूको पर्याप्त कोषसहितको संगठित अभियान समूह थियो जसले निकै भिड पनि बटुल्थ्यो ।

त्यस्तै उदारवादी खेमाको दबाव पनि उत्तिकै थियो । तर, बाइडन आफ्नो मध्यपन्थी अडानबाट टसको मस भएनन् । उनले सबैको निम्ति सरकारी स्वास्थ्य उपचार सेवा, निःशुल्क कलेज शिक्षा तथा सम्पत्ति करको पक्षमा आफूलाई अघि सारेनन् ।
यसले गर्दा उनले धेरैभन्दा धेरै मध्यपन्थी तथा वर्तमान राष्ट्रपतिसँग असन्तुष्ट रिपब्लिकन मतदातालाई तान्न सके । उनले कमला ह्यारिसलाई आफ्नो उपराष्ट्रपतिको रूपमा छानेर पनि दलभित्रको वामपन्थीको प्रभाव नरहेको सन्देश दिन खोजेका थिए ।

तर, वातावरण तथा जलवायु परिवर्तनका मामिलामा भने बाइडनको मत स्यान्डर्स तथा वारेनको मतसँग धेरै मिल्थ्यो । सम्भवतः युवा मतदाताहरूलाई यो मुद्दाले आकर्षित गर्न सके त्यसले ऊर्जामा निर्भर राज्यहरूका उद्योगमा आश्रित मतदातालाई धेरै ध्यान नदिए पनि हुने सोचाइ बाइडन टोलीको रह्यो ।

५. धेरै पैसा, थोरै समस्या : टेक्ससमा बाइडन अभियानले धेरै पैसा खर्च गरेको थियो । यो वर्षको आरम्भमा बाइडनको निर्वाचन अभियान टोलीको कोष लगभग रित्तो थियो । जबकि राष्ट्रपति ट्रम्पले विगत चार वर्षको अवधिमा आफ्नो निर्वाचन अभियान कोषमा झन्डै एक अर्ब डलर बटुलेका थिए ।

तर, अप्रियता भने बाइडनको टोलीले मज्जाले चन्दा बटुल्न सक्यो । ट्रम्प समूहले एकदमै धेरै खर्च गरेको हुँदा अक्टोबरको सुरुमा आइपुग्दा बाइडनको टोलीसँग ट्रम्पको टोलीभन्दा १४ करोड ४० लाख डलर धेरै रकम जम्मा भएको थियो । यो नगदले उनीहरूलाई अन्तिमतिर निर्णायक हुने ठानिएका राज्यहरूमा टन्न टेलिभिजन विज्ञापन गर्न सघाउ पुग्यो ।

पैसा मात्र सबथोक होइन । चार वर्षअगाडि हिलरी क्लिन्टनको टोलीसँग ट्रम्पको भन्दा धेरै पैसा थियो । तर, सन् २०२० मा कोरोना भाइरसका कारण धेरै अमेरिकीहरूले बढ्ता समय घरभित्रै सञ्चारमाध्यमहरू नियालेर विताइरहेको सन्दर्भमा बाइडनको टोलीसँग रहेको अतिरिक्त नगदले उनको सन्देश धेरैमा पु¥याउन सकियो ।

विगतमा जित्न कठिन मानिएका टेक्सस, जोर्जिआ, ओहायो तथा आयोवाजस्ता राज्यमा बाइडन टोलीले प्रचार व्यापक पार्न सक्यो । त्यस्ता धेरै प्रयास सफल त भएनन् तर त्यसले ट्रम्पलाई रक्षात्मक अवस्थामा पु¥याइदियो । एरिजोनामा जित नै हासिल भयो भने जोर्जिआमा अत्यन्तै कडा प्रतिस्पर्धा भयो । (बिबिसी)

प्रतिक्रिया