कसरी रोक्ने किसानहरूको पलायन ?

                       गंगाराम भण्डारी

उत्पादकले किन बिक्रि पश्चात प्राप्त प्रतिफल उत्पादन लागतमा सन्तोष गर्न सकेन ? समग्रमा नेपाली कृषि व्यावसायिक हुन किन सकेन ? कृषिप्रधान देशमा नेपालको कृषिले किन आफ्नै देशको माग धान्न सकेको छैन, नेपालको कृषिले स्वदेशको माग पूरागरी वैदेशिक निकासी गरी विदेशी रकम भित्र्याउन सकिने सम्भावना हुँदाहुँदै पनि किन कृषि रोजगारीका लागि कोरिया र खाडी मुलुकमा भेडा चराउन युवाहरू जानुपर्ने अवस्था छ त ?

विगतदेखि हेर्ने हो भने नेपालको कृषि क्षेत्रका समस्या र समाधानका उपाय शीर्षकमा कति छलफल, गोष्ठी–सेमिनार भए होलान् । नेपालको कृषिलाई उँभो लगाउने विभिन्न उपायसहित योजनाहरू पनि कार्यान्वयनमा आएकै हुन्, तर खोइ त यसको तात्विक परिवर्तनको अनिभूति १ कारण खोज्दै जाने हो भने यसको खास जरो कृषि शिक्षा दिने स्कुल–शिक्षालय वा बिश्वविद्यालयमै पुग्दछ जस्तो लाग्दछ ।

होइन भने किन कृषिका योजना राम्रा बनेनन् ? कृषिका योजना राम्रोसँग कार्यन्वयन भएनन् वा योजनाले प्रतिफल दिलाउन सकेनन्, किसानले किन सरकारबाट कृषिमा राम्रो गरेको अनुभूति गर्न सकेनन् ? नेपालको कृषिको उत्पादनदेखि बजारसम्मको शृंखला किन परिपक्क हुन सकेन, उत्पादकले किन बिक्रीपश्चात प्राप्त प्रतिफल उत्पादन लागतमा सन्तोष गर्न सकेनन् समग्रमा नेपाली कृषि व्यावसायिक हुन किन सकेन ? कृषिप्रधान देशमा नेपालको कृषिले किन आफ्नै देशको माग धान्न सकेको छैन, नेपालको कृषिले स्वदेशको माग पूरागरी वैदेशिक निकासी गरी विदेशी रकम भित्र्याउन सकिने सम्भावना हुँदाहुँदै पनि किन कृषि रोजगारीका लागि कोरिया र खाडी मुलुकमा भेडा चराउन युवाहरू जानुपर्ने अवस्था छ त ? राजनीतिक नेतृत्व अर्थात् सरकारको दोष छैन त म भन्दिनँ ।

तर, यसमा सबैभन्दा जिम्मेवार त यस क्षेत्रमा कार्यरत कृषिविज्ञ र कृषिकर्मी नै हुन् नि १ हामीले गरेका क्रियाकलापले किन नेपालको कृषिलाई सुधार गर्न सकेन त ? कृषिमा समयसापेक्ष आधुनिकीकरण गरि रोजगारी र आयआर्जन गर्नसक्ने उद्यममा परिवर्तन गर्न नसक्नुको पछाडि पक्कै पनि हाम्रो शिक्षा पद्दति र प्रवृत्ति पो दोषी छ कि ? हाम्रो देशमा कृषि शिक्षालाई प्राबिधिक शिक्षाको दर्जामा राखिएको छ ।

तर, प्राविधिक शिक्षा अध्यापनका कैयौँ न्यूनतम मापदण्ड पूरा नगरी प्रदान गरिने प्रमाणपत्रले कार्यक्षेत्रमा कस्तो उपलब्धि हासिल होला ? स्कूल स्तर वा कलेज स्तरको अध्ययन गर्ने बेलामा विद्यार्थीले राम्रोसँग सिक्न सकेनन् भने भोलिका दिनमा आफ्नो कार्यक्षेत्रमा कस्तो योगदान दिन सक्छन् ? राज्यको यस सन्दर्भमा भएको प्रवृत्तिमा मेरो धारणा के हो भने राज्यले शिक्षामा लगानी गर्नुपर्दछ र यसको प्रतिफल भोलिका दिनमा अनेकौँ अप्रतक्ष्य माध्यमबाट राज्यलाई प्राप्त हुन्छ शिक्षणसंस्थाले अध्यापनको बेलामा चाहिने आवश्यक भौतिक संरचना, दक्ष शिक्षक र प्राध्यापक र प्रयोगात्मक ल्याब तथा सामग्रीको प्रबन्ध गर्नु पर्दछ ।

यसका लागि सरकारी स्कुल, शिक्षालय, विश्वविद्यालय र कलेज मात्र नै अध्यापन गराउने स्थान नभएर निजी स्तरमा खुलेका शैक्षिक संस्थाहरूमा पनि राज्यले छात्रवृत्ति र अनुदान उपलब्ध गराई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने वातावरण सिर्जना गर्नुपर्दछ । हाम्रो शिक्षाप्रणालीमा सुधार गर्नुपर्ने के छ भने प्राविधिक शिक्षाको शिक्षण सिकाइमा पनि अन्य विषय जस्तै सैद्धान्तिक ज्ञान मात्र प्रदान गर्ने पद्दतिलाइ परिवर्तन गर्नुपर्दछ ।

व्यावहारिक ज्ञानका लागि ल्याब तथा फिल्ड अनुभव प्रदान गर्ने वातावरण तयार गर्नु पर्दछ । हाम्रा कैयौँ शिक्षण संस्थाका पाठ्यक्रममा रहेका विषयवस्तु समयसापेक्ष देखिँदैनन् उदाहरणका लागि स्कुल लेभेल र जेटिए लेभेलमा कृषि यान्त्रीकरण विषय राखिएको छ भने तीन वर्षे कृषि प्राविधिकको पाठ्यक्रममा राखिएको छैन, कलेजस्तरमा चार वर्षे कृषि कार्यक्रममा फार्मपावर मेसिनरी र इरिगेसन दुई वटा विषय समावेश त गरिएको छ ।

तर, पर्याप्त क्रेडिट दिएको छैन । अहिलेको समसामयिक कृषि यान्त्रीकरण वा आधुनिकीकरणको समयमा यी विषयलाई प्राथमिकतामा राखेर अध्यापन गराउनु पर्ने थियो । तीन वर्षे कार्यक्रममा यी इन्जिनियरिङ विषय किन छुट्यो त भुलवस छुटेको भए पनि अहिलेसम्म किन समावेश गरिएन, समावेश गर्नेतर्फ तत्काल ध्यान जान जारी देखिन्छ ।

शिक्षक र प्राध्यापकले पनि किताबको सैद्धान्तिक ज्ञान घोकाउने मात्र नगरेर व्यवहारमा आउने समस्याप्रति केन्द्रित गरी शिक्षण सिकाई गरेमा विद्यार्थी भोलि फिल्डमा कामगर्दा सजिलोसँग किसानका समस्या बुझ्न सक्ने र उसको कार्य सम्पादन राम्रो हुनसक्छ होइन भने मात्र प्रमाणपत्रधारी प्राविधिकले फिल्डमा गएर सिकेर काम गर्दा सोचेको प्रतिफल पाउन गाह्रो हुन्छ ।

अर्को प्राविधिक शिक्षा भनेको जति आफैँ प्रत्यक्ष सहभागी भएर व्यावहारिक ज्ञान हासिल गरिन्छ । त्यो त्यति नै दिगो र कौशलता प्राप्त हुन्छ उदाहरणका लागि कुनै तरकारीको बिउ कस्तो रंगको हुन्छ, कति दिनमा उम्रन्छ, कस्तो ब्याड चाहिन्छ, कस्तो पूmल फुल्छ, कति अग्लो हुन्छ, के के रोगकिरा लाग्छ भन्ने कुरा किताबको कुरा पढेर कण्ठ गरेर परीक्षा दिएको विद्यार्थी र प्रत्यक्ष आफैँ तरकारी छर्नेदेखि उत्पादन टिप्नेसम्म व्यावहारिक हेर्न र गर्न पाएको विद्यार्थीको ज्ञान कैयौँ गुणा उच्च कोटीको हुन्छ ।

यस सन्दर्भमा सबै विषयमा व्यावहारिक तरिकाले सिकाउन समय र सुविधाको हिसाबले असम्भव हुन्छ भन्ने अभिमत नि हुन सक्छ । भनिन्छ छ विद्यार्थीको पहिलो पाठशाला घर हो । हो घरबाट विद्यार्थीले धेरै कुरा सिकेको हुन्छ । मेरो कुरा गर्ने हो भने १५ वर्षको उमेरसम्म घरमै बसेर स्कुल पढ्दा घरको कामदेखि खेतीको सम्पूर्ण कामहरू गर्न मैले सिके जुन मेरो स्कुलले होइन घरले सिकायो ।

विभिन्न खेतीपातीदेखि पशुको बारेमा ज्ञान प्रत्यक्ष अनुभव गरेर लिएको ज्ञान सदा दिमागमा रहने र कृषिका अन्य योजना निर्माणदेखि कार्यान्वयनमा काम लाग्ने गर्दछ । भनेपछि कंक्रिटको महलमा हुर्केको, कहिल्यै खेतीपाती नगरेको विद्यार्थीले भन्दा किसानको छोराछोरीले कृषि शिक्षा हासिल गर्दा बढी दक्षतापूर्वक हासिल गर्न सक्दछन् ।

विश्वविद्यालयका कलेजमा १२ कक्षा पास गरेका विधार्थीलाई चार वर्ष सैद्धान्तिक ज्ञान मात्र प्रदान गरेर कार्यक्षेत्रमा पठाउने प्रवृत्ति जुन छ यसले किसानका समस्या समाधान हुँदैन किनकि किसान अघिअघि कृषि प्राविधिक पछिपछिको अवस्था सिर्जना हुन्छ र भइरहेको पनि त्यही हो ।

निस्कर्षमा , सरोकारवाला सबैले एकपटक पाठ्यक्रममा समय सापेक्ष परिमार्जन , शिक्षण पद्धतिमा पुनर्विचार गरि अघि बढ्नुपर्ने देखिन्छ । शैक्षिक संस्था नाफा कमाउने सस्थामा परिणत हुदा किसानका छोराछोरीले (सम्भावित दक्ष कृषि प्राबिधिक) आर्थिक अभावमा कृषि शिक्षा प्राप्त गर्न नसक्ने अवस्था लाइ तुरुन्त अन्त्य गर्न जरुरी छ ।

पानीको मूल सफा गरे धाराको पानी सफा हुन्छ, जग बलियो भए घर बलियो हुन्छ भने झैँ कृषि शिक्षाको जग नै मजबुत पारेपछि हाम्रो कृषिमा परिवर्तन को सम्भावना अझ मजबुत हुनेछ ।

(बैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद)

प्रतिक्रिया