काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ। त्यसैगरी हाल सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आज देशभर ३३ सय ३६ सय संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै संक्रमित मुक्त हुनेहरूको कुल संख्या एक लाख ११ हजार ६७० पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ८४७ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टाभित्र १२ हजार ३११ पिसिआर परीक्षण भएको छ।
प्रतिक्रिया