नगरपालिकाबाट प्रदान गरिने सेवा बन्द

प्यूठान । स्वर्गद्वारी नगरपालिका नगरकार्यपालिकाको कर्मचारीलाई कोरोना देखिपछि नगरकार्यपालिकाबाट प्रदान गरिने सेवा बन्द गरिएको छ ।

नगरपालिका स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बसेको बैठकल कात्तिक १५ गतेसम्म नगरकार्यपालिकाबाट प्रदान गरिने सेवा बन्द गर्ने निर्णय गरिएको नगरपालिका स्वास्थ्य संयोजक दल बहादुर केसीले जानकारी दिए ।

संक्रमण थप फैलिन नदिन र संक्रमितको सम्पर्कमा आएका कर्मचारीहरुलाई क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले बन्द गर्ने निर्णय गरिएको उनको भनाई छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया