देशभर आज थपिए ५ हजार ७४३ जना संक्रमित, निको हुने २ हजार ९९६

काठमाडौं । बुधबार देशभर ५ हजार ७४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ५ हजार ७४३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै देशैभर कुल कोरोना संक्रमित संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ । पछिल्लो पटक बुधबार ५ हजार ७४३ जना संक्रमित थपिएका हुन् । यसैगरी ९९ हजार ६०५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ९९६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यसैगरी काठमाडौं उपत्यकामा पनि ३ हजार १०७ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा २ हजार ३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ गरि जम्मा ३ हजार १०७ जना संक्रमित थपिएका हुन् । यही संक्रमित मध्येबाट ७९१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २६ जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया