दमकमा दुई कोरोना संक्रमितको मृत्यु

दमक । कोरोना भाइरसको संक्रमणवाट झापाको दमकमा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ की ६७ वर्षीया वृद्धा र वडा नं ४ का ८२ वर्षीय वृद्ध रहेको दमक नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाका कर्मचारी कुवेर भट्टराईका अनुसार वृद्धको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । ती संक्रमितलाई आइतवार उपचारको लागि विर्तामोड ल्याइएको थियो । त्यस्तै दमक ५ की वृद्धालाई उपचारका लागि विराटनगरतर्फ लादै गर्दा बाटैमा मृत्यु भएको उनले बताए ।

दमकको लाइफलाइन अस्पतालमा उपचार गराइरहनुभएकी उनको स्वास्थ्य अवस्था गम्भिर भएपछि दमक नगरपालिकाको कोभिड अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नदेखिएपछि विराटनगर लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो । दुवै संक्रमितको आज कनकाईमाईमा अन्त्येष्टि गरिएको छ । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

प्रतिक्रिया