लायन्स क्लबद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं नयाँबजारले धादिङ जिल्ला धुनिबेसी १ स्थाइ घर भै हाल सितापाइला बस्ने वर्ष ३६ की कला गिरीलाई रु ३३ हजार २०० नगद आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

बिगत ४ वर्षदेखि बिरामी भइरहेकी गिरी बिगत डेड वर्षदेखि दुवै मृगौलाले काम नगर्ने भएपछि हाल मनमोहन अस्पताल सितापाइलामा डायलासिस गराइरहेकी थिइन् ।

पेशाले शिक्षक रहेका उनका श्रीमान् राजकुमार गिरी आफ्ना ३ सन्तानका भविष्यको चिन्ता भएको र श्रीमतीको उपचारको लागि खेत बेचेर सुरुमा उपचार गरे पनि हाल रकमको अपुग भएकाले आर्थिक सहयोग आग्रह गरेका थिए ।

श्रीमतीको उपचारमा सहयोग गर्न अहम भूमिका निभाउने विद्यार्थी रबिन्द्र कुँवर लगायत सम्पूर्ण लायन्स क्लब नयाबजारप्रति आभार व्यक्त गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित भएर बिरामिको उपचारको लागि सहयोग गर्न पाउँदा सहयोगी सदस्यहरुलाई प्रथम उपाध्यक्ष गणेश जिसीले धन्यवाद दिँदै बिरामिको सिग्र स्वास्थ्य लाभकोको सुभकामना गरे ।

लायन्सको क्लव उद्देश्य नै ‘हामी सहयोग गर्छौँ’ भन्ने नाराका साथ अगाडि बढिरहेको र एक मृगौला पीडितलाई सहयोग गर्न अघि सर्ने क्लबका सहयोगीहरुलाइ अध्यक्ष वचन खड्काले धन्यवाद दिए। क्लस्टर चिफ हसन कुमार गोपाली को प्रमुख आतिथ्य र विशेष अतिथी जोन चियर पर्सन उर्मिला थापाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम सचिव सुवर्ण कँडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा दित्तिय उपाध्यक्ष दिपु खड्का, कोषाध्यक्ष उत्सव श्रेष्ठ, सहसचिव लिलाकुमारी थापा, सदस्य रबिन्द्र कुँवरको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया