धादिङमा बजार अनुगमनः सदरमुकामका ३ पसलमाथि कारवाही

धादिङ । चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तिब्र पारेको छ । दशैँ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल लगायतको टिमले सोमवारसम्ममा जिल्ला सदरमुकाम धादिङबेसीका ११८ वटा पसलहरु अनुगमन गरेको छ ।

१० दिन लगाएर गरिएको उक्त अनुगमनमा ११८ वटा खाद्यान्न पसल अनुगमन गरिएको थियो । जसमध्ये ३ वटा पसलहरुलाई जरिवानासहितको कारवाही गरिएको घरेलु तथा साना उद्योग कार्यालय धादिङले जनाएको छ ।

जसमा एउटा ५ हजार, १० हजार र ५० हजार जरिवानासमेत लगाईएको घरेलु तथा साना उद्योग कार्यालय धादिङल जनाएको छ । अनुगमनमा मूल्य सूची नराख्न पसलहरुलाई तत्काल मूल्य सूची राख्न निर्देशन दिएको र म्याद गुज्रेका सामग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया