३८२ घरधुरीमा मिटरसहित खानेपानीको धारो जडान

कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिका–९ मा ३८२ घरधुरीमा मिटरसहितको खानेपानी धारा जडान गरिएको छ । धारो जडानपछि स्थानीय लाई १–२ घण्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता हटेको छ । लालुकी ५४ वर्षिया पार्वती बोहोरा १ घण्टाभन्दा बढी पैदल हिँडेर धारोमा पानी लिन जान्थिन् ।

उनलाई आउन जान मात्र डेढ घण्टासम्म लाग्थ्यो । पानीको भाँडो, कहीँ उकालो त कहीँ ओरालो बाटो, पहाडको ठाउँ अप्ठेरा भिरहरु ठूलो सास फेर्दै उनले पानी ल्याउनुपर्ने बाध्यता थियो । ल्याएको पानीले घरपरिवारलाई खाना बनाउन, भाँडा धुन र पिउनसमेत पुग्दैन थियो । उनले दिनमा ३–४ पटकसम्म पानी लिन जानुपर्ने बाध्यता सुनाईन् ।

अब भने पानी घरमै आउने भएपछि आफूमा खुशीको सीमा नै रहेको र सुखका दिन आएको भन्दै घरमै पानीको धारामा पानी भरिन् । पार्वती मात्र हैनन् सोही गाउँका ५१ वर्षिय कविराज विष्टलाई पनि पार्वतीको जस्तै समस्या थियो । पानी भर्नका लागि धेरै टाढा जानुपर्ने थियो ।

पानी लिनका लागि टाढाको धारोमा जाँदा घरमा अन्य कामकाज गर्न पाइँदैन थियो । अब घरमै पानीको धारो हुँदा दैनिक सरसफाई हुने भन्दै पहिलाको पीडा भुल्ने दिन आएको उनले बताए । यस वडामा धारो जडान गरिएका ३८२ घरधुरीका परिवारलाई खानेपानीको समस्या थियो ।

वाम्पी हेल्भेटास नेपालको १ करोड १८ लाख, नरहरीनाथ गाउँपालिकाको ८० लाख, स्थानीय जनश्रमदान ५७ लाख १२ हजार ४९७ गरी जम्मा २ करोड ५५ लाख १२ हजार ४ सय ९७ रुपैयाँ परियोजनाको कुल लागत रहेको छ । रानीरहडा खानेपानि तथा सरसफाइ आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

एकिकृत जलश्रोत ब्यवस्थापन कार्यक्रम वाम्पी हेल्भेटासको आर्थिक सहयोग, नरहरीनाथ गाउँपालिकाको साझदारी, मानवअधिकार तथा वातारण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटको सहजीकरणमा खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको हो । नरहरीनाथ गाउँपालिकाले– ९ नम्बर वडालाई स्वच्छ र सफा खानेपानी पहुँच भएको वडाको रुपमा घोषण गरेको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धिर बहादुरर विष्ट र गाउँपालिका उपाध्यक्ष मनसोभा बुढाले वडालाइ सफा खानेपानीमा पहुँच पुर्याउन वडाका सबै घरमा धारो जडान गरिसकेको बताउँदै आगामी दिनमा यस वडामा खानेपानीको समस्या नहुने बताइन् ।

गाउँपालिकाका अध्यक्ष धिर बहादुर विष्टले खानेपानी सिंचाइ, भौतिक पूर्वाधार सडक र कृषि क्षेत्रमा गरको परिवर्तन गाउँपालिकाको मुख्य मेरुदण्ड रहेको बताए । विष्टले विभिन्न निकायसँग समन्वय गरि नागरिकका आवश्यता एक पछि अर्को, अर्को पछी अक्रो गरि पुरा गर्ने बताए ।

गाउँपालिकाकी उपाध्यक्ष मनसोभा बुढाले आयोजान सम्पन्न गर्नका लागि सहयोग गर्ने संस्था तथा दातृनिकायालइ धन्यवाद दिँदै आफ्नो कार्यकालमै सबै वडाका नागरिकलाइ खानेपानीको पहुँचमा पुर्याउने प्रतिवद्धता व्यक्त गरिन् ।

मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरन्डेक नेपाल कालीकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाले यस आयोजनाले वडा नं. ९ का ३८२ वटा घरधुरीका नागरिकहरुलाई आफ्नो संस्था हुरेन्डेक नेपालले सधैभरी सहयोग तथा सहजिकर गर्ने बताए ।

उनले खानेपानीको समस्या पहिला धेरै भएको र अब समस्या टरेको बताए । मिटरसहितका धारोहरुलाई राम्रोसँग प्रयोग गर्नसमेत आग्रह गरेका छन् ।  वर्षौँदेखि पानीको समस्याले चपेटामा परेका लालुका नागरिकहरु भने अहिले धेरै हर्षित देखिएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया