‘रारा तालैमा’ सार्वजनिक, शंकर र सारीकाको जम्याे जोडी

काठमाडौं । वरिष्ठ लोकदोहोरी गायिका बिमा कुमारी दुरा, गायक धर्मराज पोखरेल, कृष्ण सुधा ढुंगाना र सुरेश रमण अधिकारीको संयुक्त आवाजमा रहेको गीत ‘रारा तालैमा’ सर्वजनिक भएको छ ।

उक्त गीतको भिडियोमा मोडल तथा म्युजिक भिडियो निर्देशक शंकर बिसी र अर्की मोडल सारीका केसीको जोडी जमेको छ । निर्देशक बिसीले आफैं निर्देशन गरेको भिडियोको अभिनयमा उनिहरुको जोडी जमेको हो ।

शिखर गजरकोटेले शब्द सिर्जना गरेको उक्त गीतमा गायक कृष्ण सुधा ढुंगानाले संगीत भरेका भन् भने बिबी अनुरागीको संगीत संयोजन रहेको छ । गीत पुरानो लोक भाकामा केन्द्रीत रहेको छ भने मायाप्रेमका भावनालाई कलात्मक विषय शब्दमा उठान गरिएको छ ।

दुर्गा पौडेलले छायांकन गरेको उक्त गीतको भिडियोमा नविन घर्ती मगरको सम्पादन रहनुका साथै गायक धर्मराज पोखरेलको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । विभिन्न रमणीय स्थानमा भिडियो निर्देशन र छायांकन गरिएको निर्देशक शंकर बिसीले जानकारी दिए ।

प्रतिक्रिया