टिभिएसको विजेता छनोट

काठमाडौं । टिभिएस दसैँको आशा योजनाअन्तर्गत गणेशप्रसाद गौतमले टिभिएस अपाचे आरआर–३१० जितेका छन् । यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेको हुनुपर्छ । ‘टिभिएस दसैँको आशा’ योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा नौ हजार र स्कुटर खरिदमा सात हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन् । ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत व्याजदरमा खरिद गर्न सक्नेछन् । यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा हरेक साता एक जनाले जित्न सक्ने आरआर–३१० टिभिएसकै सबैभन्दा महँगो मोटरसाइकल रहेको जगदम्बा मोटर्सले जनाएको छ । हरेक साता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले टिभिएसको वेबसाइटमा गएर फाराम भर्नुपर्ने व्यवस्था रहेको छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गरी आरआर–३१० जित्ने अवसर पाउनेछन् ।

प्रतिक्रिया