‘जिन्दगी बर्वाद’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । युवा संगीतकर्मी लभ ध्वज केसी र चन्दन ध्वज केसीले आफ्नो नयाँ म्युजिक भिडियो ‘जिन्दगी बर्वाद’ सार्वजनिक गरेका छन्। मुलत थारु भाषा र अंग्रेजी र्यापको फ्युजन यस गीतमा दुई दाजुभाई लब ध्वज केसी र चन्दन ध्वज केसीको स्वर सुन्न सकिन्छ। गीतमा शब्द ,संगीत लब धोज केसी र कुश ध्वज केसीको रहेको छ। यस गीतलाई किरण तुलाधरले संगीत संयोजन गरेका हुन्।

नवलपरासी घर भै हाल काठमाण्डौमा आफ्नो संगीत यात्रा अघि बढाइरहेका केसी दाजुभाईले स्थानिय पर्यटन प्रवर्दनको उदेश्य सहित म्युजिक भिडियोको छायांकन नवलपरासी वरपर नै गरेका हुन्। म्युजिक भिडियोमा गायक चन्दन ध्वज केसी र समिक्षा पोखरेल फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विकाश दहालले सम्पादन गरेका हुन्। प्रकाश धितालको निर्देशनमा भिडियो तयार पारिएको हो।

पछिल्लो समय कलासंस्कृति, रितिरिवाजसँगै मौलिकपना झल्किने नेपाली गीतसंगीत युवाहरुले भुल्न थालेकोले नयाँपन सहित आजको पुस्ता माझ परिचित गराउन र कलाकारलाई स्रोता दर्शक माझ चिनाउनका लागि यो म्यूजिक भिडियोसहितको गीत बजारमा ल्याएको गायक दाजुभाई केसीले बताएका छन्।

‘टिम समर्पण’ को अफ़िसिएल च्यानल मार्फत सार्वजनिक यस भिडियोलाई साथ , सपोर्ट र माया गरिदिन निर्माण टिमले सम्पूर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

प्रतिक्रिया