विश्व

अमेरिकामा कोरोना संक्रमित संख्या ८० लाख पुग्यो

सौर्य अनलाइन २०७७ कार्तिक १ गते १३:०९ मा प्रकाशित

न्युयोर्क । अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख पुगेको छ । समाचारमा जनाइए अनुसार अमेरिकामा कोभिड संक्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको हो ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको हो ।

अमेरिका विश्वमा नै कोरोनाबाट संक्रमितहरु सबैभन्दा धेरै भएका देशमा पर्दछ । त्यसैगरी यस संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ ।

उक्त विश्वविद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या पनि २ लाख १८ हजार ९७ जना रहेको छ । उक्त विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका संक्रमितहरु थपिने गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय