सम्मानित हुँदा भावविह्वल बने अमर प्रहरीका श्रीमती

बाग्मती । ६५ औँ प्रहरी दिवसको अवसरमा बाग्मती प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित समारोहमा सम्मानित भएपछि भावविह्वल हुँदै सेवारत रहँदा ज्यान गुमाएका अमर प्रहरीका श्रीमती ।

प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय हेटौँडाले अमर प्रहरीका परिवार तथा शान्तिसुरक्षा स्थापनाका लागि योगदान दिएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो ।

उनीहरुलाई प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सम्मान गरेका थिए ।

त्यस्तै ६५ औँ प्रहरी दिवसका अवसरमा शुक्रबार लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा सम्मान ग्रहणपछि भावबिह्वल अवस्थामा अमर प्रहरीका आश्रित परिवार । – रासस

प्रतिक्रिया