साढे चार करोडको सेयर निस्कासन तयारी

काठमाडौं । बिभिन्न १५ कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा चार करोड ४४ लाख ७३ हजार ७ सय ४६ कित्ता सेयर निस्कासनको लागि निवेदन पेश गरेका छन । ति कम्पनीहरुले साधारण सेयरको प्राथमिक निष्काशन (आईपीओ) को तयारी गरीरहेका छन ।  आईपीओका लागि निवदेन दिने कम्पनीमा अधिकांश जलविद्युत क्षेत्रका रहेका छन । सेबोनले उपलब्ध गराएको तथ्यांक अनुृसार साधारण सेयर निष्काशन गर्न आवदेदन दिनेमा १० जलविद्युत कम्पनी रहेका छन् । त्यो बाहेक बिमा, लघुवित्त र पर्यटन सेवासँग सम्बन्धित कम्पनी रहेका छन । जलविद्युत आयोजनाको सेयर निस्कासन गर्दा आयोजना प्रभावित क्षेत्रका स्थानीयले समेत उक्त सेयर खरिद गर्न पाउनेछन् ।

आवेदन परेका कम्पनीको वित्तीय अवस्था हेरेर स्वीकृत दिने बोर्डले बताएको छ । बोर्डले हालै चन्द्रागिरी हिल्स र केही जलविद्युत्तको विवरण अध्ययन अन्तिम चरणमा रहेको समेत बताएको छ ।  बिमा र लघुवित्त कम्पनीलाई बोर्डले तुलनात्मक रुपमा अन्यभन्दा कम अवधिमा स्वीकृती दिने गरेको बिगतको निर्णयले देखाउछ । जलविद्युत कम्पनीको सेयर जारी अनुमतिमा भने केही ढिलो हुन सक्ने आकलन गरिएको पनि बोर्ड अधिकारीले बताएका छन । बोर्डमा तीन वर्षअघि नै प्राथमिक सेयर निस्कासन गर्नको लागि निवेदन दिएका कम्पनी समेत अहिले पाइपलाइनमा रहेका छन ।

जलविद्युत कम्पनीले सेयर निष्कासन गर्नु भन्दा अघि बोर्डमा निवेदन दिनु भन्दा पहिले विद्युत नियमन आयोगबाट समेत स्वीकृत ल्याउनुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही कारण केही बढी समय लाग्ने गरेको बोर्डका सहप्रवक्ता रुपेश केसीले बताएका छन । पछिल्लो समय आयोगको स्वीकृती नलिई बोर्डमा निवेदन दिएका जलविद्युत कम्पनीको प्रक्रिया आयोगमा नै अड्किएकाले पनि बोर्डले अनुमति दिन ढिलाई गरेको थियो ।

मैलुङ खोला र सीईबीडी हाइड्रोपावर २०७४ सालदेखि आईपीओ स्वीकृतिको पखाईमा बसीरहेका छन् । यी दुवैले नियमन आयोगबाट स्वीकृतफ पाइसकेका छन । तर पनि बोर्डले ति कम्पनीको अवस्थाबारे अध्ययन गर्न बाँकी रहेको बताउदै आएको छ । यी कम्पनीले केही वर्षअघिको वित्तीय विवरण मात्र पेश गरेको छ भने बाढी पहिरोले आयोजनामा पु¥याएको क्षतिबारे यथेष्ट जानकारी उपलब्ध गराउन नसकेको पनि बोर्ड अधिकारीले बताएका छन ।

आईपीओको पाइपलाइनमा रहेका शुभम् पावर, मध्य भोटेकोसी, ग्रीन लाइफ हाइड्रो, सिंगटी हाइड्रोपावर र हिमालयन हाइड्रो लगायतका जलविद्युत कम्पनीलाई आयोगले स्विकृति दिइसकेको छ । यीमध्ये सिंगटी हाइड्रोपावरको भने सेयर प्रत्याभूतिकर्ता सँगको विवादका कारण आयोगले स्विकृती दिन ढिलाइ गरेको थियो ।

२१ लाखले खोले डिम्याट
लकडाउन संगै ४ लाख २३ हजारले डिम्याट खाता खेलेका छन । यो सँगै डिम्याट खाता खोल्नेको कुल संख्या २० लाख ८० हजार ३ सय पुगेको छ । लघुवित्त र बिमा कम्पनीको सेयर निष्काशन गर्ने क्रम बढ्दै गएपछि डिम्याट खोल्नेको संख्या पनि बढेको हो । सिडीएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार एक लाख २२ हजार हाराहारीका डिम्याट खाता भने दोहोरिएको छ । गत वैशाखमा डिक्याट खाता खोल्नेहरुको संख्या १६ लाख ५७ हजार हाराहारीमा थियो । भदौ दोस्रो सातासम्ममा यो १८ लाख ३७ हजार २९३ मा सिमित रहेको थियो । नयाँ बिमा कम्पनीको आईपीओ आउने क्रममा रहेकाले डिम्याट खोल्नेको संख्या अझै बढ्दै जाने सीडीएसका प्रवक्ता सुरेश न्यौपाने बताएका छन ।

कोरोना भाइरसको संक्रमण दर बढेयता बैंकसम्म पुगेर लाइन लागेर भीडमा सेयर भर्न खोज्ने घटेका छन् भने अनलाइनबाटै सेयर आवेदन दिनका लागि डिम्याट खाता खोल्ने बढेका हुन । पछिल्लो समय लघुवित्त र बीमा कम्पनीको आईपीओले पनि डिम्याट खाता खोल्ने खोज्ने बढ्दै गएका छन । कोभिड–१९ ले लगानीका विकल्प न्यून हुँदा सेयरबजारमा नयाँ लगानीकर्ताहरु पनि प्रवेश गरेकाले पनि सेयर किनबेचका लागि डिम्याट खाता खोल्ने क्रम अत्धाधिक बढेको आकलन गरिएको छ । अनलाइन आवेदनको क्रम बढेसँगै पछिल्लो समय निष्कासन भएका साधारण सेयरमा ९ लाख जनाको हाराहारीबाट आवेदन परेको आँकडा छ । यसबाट पनि सर्वसाधारणले आईपीओमा आवेदनकै लागि भएपनि डिम्याट खाता खोल्न थालेको तथ्यांकले देखाउछ ।

प्रतिक्रिया