ईश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाइयो

काठमाडौं । ईश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेर पोखरेललाई  रक्षामन्त्रीबाट हटाएका हुन् ।

पोखरेललाई उक्त पदको जिम्मेवारीबाट हटाएर ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी सुम्पिएका छन् ।

साथै प्रधानमन्त्री ओलीले आज अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिरहाका लिलानाथ श्रेष्ठलाई नियुक्त गरेका छन् ।

प्रतिक्रिया