बिष्णु पौडेल बने अर्थमन्त्री

काठमाडौं । सर्वाधिक चासो र महत्वपुर्ण मन्त्रालयको रुपमा रहेको अर्थमा विष्णु पौडेल नियुक्त भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बुधबार अर्थमन्त्रालयको जिम्मा दिएका हुन । डा. युवराज खतिवडा बाहिरिएपछि प्रधानमन्त्री आफैंले उक्त मन्त्रालय सम्हालिरहेका थिए । यो भन्दा अघि ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि २०७२ असोजमा पौडेल अर्थमन्त्रीको रुपमा चयन भएका थिए । त्यसबेला उनी पार्टीमा उपमहासचिव थिए । अहिले नेकपाको महासचिवको जिम्मेवारीमा पोडेल रहेका छन ।

पौडेल गणतन्त्र नेपालको पहिलो संयुक्त सरकारका जलश्रोत मन्त्री पनि भैसकेका छन । त्यसोत विगतमा जस्तो अर्थमन्त्रालय संचालनमा सहज स्थिती रहेको छैन । देशको खातापाता सञ्चालन गर्ने अर्थ मन्त्रालयको नेतृत्व गर्दै गर्दा पौडेलमाथि बजेट कार्यान्वयन गर्नुपर्ने कार्य धेरै चुनौती पुर्ण रहेको छ । यो सँगै कोरोनाका कारण गरिएको लकडाउन र त्यसको असरका कारण आर्थिक वृद्धि ऋणात्मक हुनसक्ने अर्थविद्हरुले बताइरहेका बेला अर्थतन्त्रलाई सही दिशातर्फ लैजाने जिम्मेवारी पनि उनको काधमा आएको छ ।

पौडेल निजी क्षेत्रमैत्री छन । यसअघि अर्थमन्त्री हुँदा पनि उनले निजी क्षेत्रलाई साथ लिएका थिए भने पुँजी बजारमा पनि सुधार आएको थियो । त्यस अघि जलस्रोत मन्त्रीको जिम्मेवारी सम्हाल्दा उनले लामो समयदेखि पुनरावलोकन नभएको विद्युत खरिद सम्झौता व्यवसायीको माग अनुसार नै अघि बढाएका थिए । उनले त्यसबेला पीपीए दर बढाएर हिउँदमा सात र बर्खामा चार रुपैयाँ पु¥याएका थिए।

२०५१ मा प्रतिनिधिसभा सदस्यसमेत भइसकेका पौडेल २०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री भएका थिए। २०३७ सालमा ३ वर्ष राजकाजको मुद्दा खेपेका पौडेलले ३ हजार रुपैयाँ जरिवानासहित भैरहवा जेल चलान भएका थिए । उनको जन्म २०१६ सालमा स्याङ्जाको पुतलीबजार–१३ मा भएको हो ।

प्रतिक्रिया